- Loading...
कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्मकै उच्च
- पुनहिल डट कम
- ३ साल अघि
- १७५ पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै सबैभन्दा बढी मृत्यु भएको तथ्यांक हो । यसअघि सबैभन्दा बढी २८ जनाको मृत्यु भएको तथ्यांक थियो ।
बिहिबार थप ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परिक्षण गर्दा ९७ जनामा गरी ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार २१६७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २४६ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २४ लाख ५८ हजार ५६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
