FLASH NEWS
  • Loading...

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, सबै परीक्षा पनि स्थगन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३६ पटक पढिएको
देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय, सबै परीक्षा पनि स्थगन

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।

तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फागुन ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो ।

अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो ।
सीसीएमसीले पूर्वनिर्धारित सबै परीक्षा पनि स्थगन गरेको छ।