- Loading...
नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन
- पुनहिल डट कम
- ३ साल अघि
- ३०८ पटक पढिएको

नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो ।
यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।
नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।
काठमाडौं । नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको हो ।
यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।
नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।
खराब सुरुवात गरेको नेदरल्यान्ड्सले ७ ओभर ४ बलमा टोलीको मात्र ४२ रन हुँदा ६ विकेट गुमाएको थियो ।
नेदरल्यान्ड्सले पहिलो विकेटका रुपमा टोवियस भिसीलाई गुमाएको थियो । नेदरल्यान्ड्सको मात्र १० रन हुँदा भिसी दोस्रो ओभरको पाँचौ बलमा आसिफ शेखले डाइरेक्ट थ्रो हिटबाट रन आउट गरेका थिए । उनी २ रनमा पेभिलियन फर्किए ।
दोस्रो विकेटको रुपमा बेन कुपर लामो सर्ट खेल्ने चक्करमा पेभिलियन फर्किए । उनी कमल सिंह ऐरीले गरेको चौथो ओभरको अन्तिम बलमा बाउन्ड्रिलाइनमा रहेका कप्तान मल्लले क्याच गर्दै कुपरलाई ७ रनमा पेभिलियन फर्काएका थिए ।
यस्तै नेदरल्यान्ड्सले टिमको ३३ रन हुँदा पाँचौ ओभरको पाँचौ बलमा तेस्रो विकेट गुमायो । कुशल भुर्तेलले डाइरेक्ट हिट गर्दै बास डे लिडलाई एक रनमा पेभिलियन फर्काए ।
चौथो विकेटको रुपमा २० रनमा खेली हरेका म्याक्स डाउड मैदान बाहिरिए । उनी छैटौं ओभरको चौथो बलमा करण केसीले बोल्डआउट गरेपछि मैदानबाट बाहिरिएका थिए । उनले १९ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
त्यसपछि मैदान आएका विकेटकिपर स्कट एडवार्ड पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी सन्दीप लामिछानेले गरेको सातौ ओभरको चौथो बलमा एलबीडब्लुको सिकार बनेका थिए । एडवार्डले एक चौकासहित ५ रन जोडे ।
एन्टोनिअस स्टल शुन्य रनमा नेदरल्यान्ड्सका लागि पेभिलियन फर्किए । उनलाई करण केसीले गरेको आठौं ओभरको चौथो बलमा लेग साइडको लङअनमा रहेको सोमपाल कामीले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।
१३ रनमा खेलीरहेका कप्तान पिटर सिलार करणको बलमा बोल्ड आउट भए । उनले १२ बलमा २ चौका प्रहार गरे । आठौं विकेटको रुपमा ७ रनमा खेलिरहेका फिलिप्पे बोइसेविन पेभिलियन फर्किए । उनी सन्दीप लामिछानेको बलमा लङअनमा रहेको सब्सिच्युट खेलाडी सन्दीप जोराले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।
कमल सिंह ऐरीको बलमा लामो सट खेलेका पउल भान मिकेरनलाई लङअनमा रहेको कुशल मल्लले क्याच गर्दै आउट गरे । उनले ५ रन जोडे । ४ रनमा खेलिरहेका विविअन किंग्मालाई अभिनास बोहराले बोल्ड गरेका थिए । सेवास्टीयन ब्राट भने सर्वाधिक २६ रन बनाउँदै अविजित रहे । उनले २७ बलमा ३ चौका र एक छक्का प्रहार गरे ।
नेपालका लागि करण केसीले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चदै तीन विकेट लिएका थिए । कमल सिंह ऐरी र सन्दीप लामिछाने समान दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो ।
यस अघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।
नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।
भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए ।
उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।
यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।
दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।
कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।
कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेदरल्यान्ड्सले भने दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको हो ।
मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
