- Loading...
अब धौलागिरि अस्पतालमै पीसीआर परीक्षण
- पुनहिल डट कम
- ३ साल अघि
- २९४ पटक पढिएको

सरकारले निर्णय गरेको १० महिनापछि बागलुङको धौलागिरि अस्पतालमा पीसीआर मेसिन जडान भएको छ ।
नेपाल सरकारले गत असार १२ मा गरेको निर्णयपछि यहाँ पीसीआर मेसिन जोड्ने तयारी थियो । बजेट निकासामा भएको ढिलाइले लामो समयदेखि रोकिएको काम अहिले सम्पन्न भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए ।
पीसीआर मेसिनका लागि संघीय सरकारले १ करोड र प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेका थिए । मेसिन ल्याएर अस्पतालमा जडान भइसके पनि स्वाब परीक्षण भने भएको छैन ।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति कुरेर बसेका छौं, अनुमति पाउनासाथ काम थाल्नेछौं,’ अस्पतालका मेडिकल ल्याबरोटरी टेक्नोलोजिस्ट डा.नारायणप्रसाद कोइरालाले भने, ‘जनशक्ति व्यवस्थापन र छुट्टै ल्याबसमेत बनाइसकिएको छ ।’ अस्पतालको भूमिगत तल्लामा मेसिन जडान गरेर ल्याबसमेत बनाइएको हो ।
यो मेसिन जडानलगायतको काममा ५० लाख रुपैयाँ बढी खर्च भएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । अस्पतालले एक जना विशेषज्ञ डाक्टरसहित ल्याबका लागि दुई समय छुट्ट्याएर काम गर्ने गरी व्यवस्थापन गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै स्वाब परीक्षण गर्ने अनुमति पाइने कानुनी व्यवस्था छ ।
जडान भएको मेसिनले एक पटकमा ७० जनाको स्वाब परीक्षण गर्न सक्ने कोइरालाले जानकारी दिए । यसअघि बागलुङबाट संकलन गरिने स्वाब पोखरा पठाउने गरिएको थियो । पोखरा पठाउँदा पीसीआर रिपोर्ट आउन ३ दिन लाग्छ । संक्रमणको चाप बढेको बेला ७ दिनसम्म लाग्ने गर्दा स्वाब दिएका व्यक्ति होम क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलिएको टिप्पणीसमेत हुने गरेको थियो । कोइरालाका अनुसार मेसिन जडान भएपछि बढीमा २४ घण्टामा यहाँ ल्याएको स्वाबको रिपोर्ट निस्कनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
