FLASH NEWS
  • Loading...

कपडा चम्किलो बनाउन यसरी सफा गर्नुहोस्

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३०२ पटक पढिएको
कपडा चम्किलो बनाउन यसरी सफा गर्नुहोस्

धेरैलाई लाग्छ, पुराना कपडा धुँदा चमक आउँदैन । यसो हुनुको मुख्य कारण कपडा सफा गर्ने तरिका थाहा नहुनु हो । तपाईंले आफ्नो कपडा सफा, चम्किलो नयाँ जस्तो बनाउन यो तरिका अपनाउनुहोस् ।

– कपडालाई राम्रोसँग सफा गर्न राम्रो गुणस्तरको कपडा धुने पाउडर प्रयोग गर्नुहोस् ।
– कपडामा लगाएको कपडाको लेबल पढेर सोही अनुुसार सफा गर्नुहोस् ।
– कपडालाई पानीमा कम्तिमा २० देखि ३० मिनेटसम्म भिजाएर राख्नुहोस् ।
– कपडालाई कमलो हातले मिचेर धुनुहोस् ।
– कपडालाई सफा पानीले मात्र पखाल्नुहोस् ।
– कपडा धुनुभन्दा पहिला कपडाको खल्तीमा जाँच गर्नुहोस् र त्यहाँ पाइएका बस्तु हटाउनुहोस् ।
– सकेसम्म कपडालाई उल्टो गरेर धुनुहोस् ।
– सेतो कपडा वा दाग देखिने कपडा अलग भाँडामा भिजाउनुहोस् ।
– जिन्सको कपडा कहिले पनि शर्ट वा टि–शर्टसँग नभिजाउनुहोस् ।
– कपडा चर्को घाममा नसुकाउनुहोस् ।
– सकेसम्म कपडा ब्रशले सफ नगर्नुहोस् ।
– कपडालाई उल्टो पारेर सुकाउनुहोस् ।