- Loading...
जिल्लाभर एउटा मात्रै दमकल, त्यैपनि गाउँ उक्लन्न
- पुनहिल डट कम
- ३ साल अघि
- ३४२ पटक पढिएको

आगलागी हुँदा छिटो आगो निभाई धनजनको क्षति न्युनिकरण गर्न दमकल सवैभन्दाबढी प्रभावकारी उपकरण हो । तर जिल्लामा बेनी नगरपालिका बाहेक अन्यत्र दमकल छैन ।
बेनी नगरपालिकासँग भएको ४ हजार लिटर क्षमताको एउटै दमकल पनि सानो चक्काको टु ह्वील वाला हो । त्यसैले यो दमकल सदरमुकाम बेनी समेत तेस्रो र सजिलो सडकमा मात्र गुड्छ । सदरमुकाम बेनी तल पहाडको खोंचमा छ, बाँकी वस्ती सवै माथीमाथी डाँडापाखामा छरिएका छन । सडक साँघुरा र उकालो छ ।
दमकलको क्षमता र सडकको स्तरको कारण सवै ठाउँमा लागेको आगो निभाउन दमकल पुग्न नसकेपनि सदरमुकाम बेनीको खुल्ला मञ्चमा खेलकुद प्रतियोगिता वा कुनै सभा समारोह हुँदा धुलो नियन्त्रण गर्न दमकल उपयोगी भएको छ । कहिले काही खानेपानी बाँड्न र क्लोरिन विषादी छर्कन पनि दमकल प्रयोग भएको थियो ।
‘धेरै ठाउँमा दमकल गुड्ने सडक छैन । दमकल लैजान मिल्नेसम्म पुर्याईएको छ । पर्वतको कुस्मा र बाग्लुङ बजारमा समेत पुगेर आगो नियन्त्रण गरेका छौं’ दमकल चालक नारायण गर्वुजाले भने, ‘सदरमुकाममा दमकल हुन्छ, टाढा दमकल पुग्दासम्म आगोले सवै नष्ट गरिसकेको हुन्छ । सके आगो निभाउने नभए बेनीको धुलो नियन्त्रण गर्न पानी छर्ने काममा राम्रो उपयोग भएको छ ।’
हावाहुरीको मौषममा आगलागीका घट्ना बढी हुन्छन । आगोले धनमाल क्षति हुने मात्र होईन, कतिको ज्यानै समेत जाने गरेको छ । कठिन भुगोल र साँघुरा सडक र पहाडको टुप्पोमा छरिएका वस्तीमा आगोलागी हुँदा समयमा दमकल पुर्याउनै समस्या छ ।
जिल्लाका सवै ग्रामिण वस्तीमा पुग्न नसकेपनि सदरमुकाम बाहेक बेनी–जोमसोम सडक खण्डमा पर्ने गलेश्वर, तिप्ल्याङ, बेनी–दरवाङ सडकमा पर्ने तातोपानी, बाबियाचौर, छिमेकी बाग्लुङको बजार क्षेत्र कुस्मा (पर्वत) जोडिने मुख्य सडक जोडिएका घरमा आगोलागी हुँदा बेनीबाट दमकल पुग्न सक्छ ।
‘गाउँपालिका केन्द्रहरु सहरउन्मुख छन । सडक पनि गाउँसम्म विस्तार भएकोले स्थानीय तहमा समेत कम्तीमा एउटा दमकल आवश्यक भैसकेको छ’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘सवै वस्तीमा दमकुल पुर्याउन नसकेपछि मुख्य सडकसँग जोडिएका वस्तीमा आगोलागीहुँदा दमकल पुर्याउन सकिन्छ । एउटा गापाले मात्र दमकल राख्न श्रोत जुटाउन नसके जोडिएका गापा मिलेर पनि राख्न सकिन्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
