FLASH NEWS
  • Loading...

ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसद छलफलमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका लागि स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सांसदहरूको आकस्मिक बैठक बोलाउनुभएको छ ।

अहिले बानेश्वरस्थित अर्याल होटेलमा उक्त समूहको बैठक भइरहेको नेता भीम रावलले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष ओलीले आजै संघीय संसद्का २७ सांसदलाई कारबाहीका लागि स्पष्टीकरणपत्र पठाउनुभएको छ । पत्रमा केही सांसदहरूलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भन्नुभएको छ ।