- Loading...
पाँच वर्ष मुनिका ३५६५ जना बालबालिकालाई कोरोना संक्रमण, १० जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १७९ पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुमा पनि कोरोनाको गम्भीर असर देखिने स्पष्ट पारेको छ । हालैका दिनमा एक जना बाल चिकित्सकले सार्वजनिक सञ्चारमाध्यमबाट कोरोनाले बालबालिका खासै असर गर्दैन भन्ने अभिव्यक्ति दिएपछि मन्त्रालयले यस्तो धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा शनिबारसम्मको तथ्यांक दिदै पाँच बर्ष मुनिका ३ हजार ५६५ जना बालबालिका कोरोना संक्रमणमा परेको बताए । उनले अहिले पनि सोही उमेर समूहका ५१ जना सक्रिय संक्रमित रहेर उपचार गराईरहेको जानकारी दिए ।
उनले गतवर्ष देखि अहिलेसम्म कोरोनाबाट पाँच बर्ष मुनिका १० बालबालिकाले ज्यान गुमाईसकेको समेत उनले तथ्यांक प्रस्तुत गरे ।
डा गौतमले चिकित्सकहरुलाई सार्वजनिक सञ्चारमाध्यममा तथ्यमा नपुगी हचुवाको भरमा आफ्ना धारणा नराख्न समेत निर्देशन दिएका छ । उनले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको दर उत्तिकै रहेको भन्दै गम्भीर बनेर स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
