FLASH NEWS
  • Loading...

चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६५ पटक पढिएको
चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको बैठकले चैते दशैंको अवसरमा वैशाख ७ गते बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले बताए  ।

चैते दशैंसँगै प्रदेश सरकारले २०७८ सालमा थप ५ दिन चाडपर्व पारेर बिदा दिने निर्णय गरेको हो । इदुल फित्र पर्ने दिन इद, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा बिदा दिने निर्णय भएको हो ।