- Loading...
अन्नपूर्ण हिमाल आरोहणमा नेपाली महिला किर्तिमान
- पुनहिल डट कम
- ३ साल अघि
- ५५३ पटक पढिएको

यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाइको यो चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिलाको टोलीले पनि आरोहण गरेका छन् ।
आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको रे हालसम्म कुनै पनि महिलाले आरोहण नगरेको अन्नपूर्ण प्रथम हिमालको यस सिजनमा श्रेष्ठ समेत चार जना नेपाली महिलाले किर्तिमान कायम गरेका हुन ।
यो सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागले ४ वटा आरोहण दलका लागि ८ महिलासहित ४४ जना विदेशीलाई मात्रै आरोहण अनुमति दिएको थियो । विभागकी निर्देशक मीरा आचार्यका अनुसार विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका कम्तीमा ६ नेपाली महिलाहरू पनि शुक्रबारै अन्नपूर्ण चढेका छन् । जसमा गोरखा घर भएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा छन् । यी सबै आरोही हुन् ।
उनीहरू यस सिजनमा अन्नपूर्ण हिमाल आरोहण दलमा सदस्यका रूपमा नभई पथप्रदर्शक र उचाइका कामदारको भूमिकामा गएको निर्देशक आचार्यले बताइन् । आरोहण कम्पनीहरूले शुक्रबार बेलुकीसम्म नेपाली तथा विदेशी गरी ६८ जनाले अन्नपूर्ण आरोहण गरेका छन् । तर विभागले बेलुकी ७ बजेसम्म २५ जनाले आरोहण गरेको जानकारीमात्रै प्राप्त भएको जनाएको छ ।
त्यसैगरी भारतीय पर्वतारोही प्रियंका मंगेश मोहितीले शुक्रबारै अन्नपूर्ण आरोहण गरेकी छन् । उनलाई अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो भारतीय महिला भनिएको छ ।
‘संसारको जेठो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा आजसम्म महिलाका पाईला पुगेका छैनन । म यस हिमालका प्रथम आरोहीले हिंडेको पदमार्ग पछ्याउँदै चुचुरोमा पुग्न चाहन्छु’ अन्नपूर्ण हिमाल आरोहणमा निक्लेकी महिला आरोही श्रेष्ठले भनेकी थिईन, ‘अन्नपूर्ण कठिन र किलर माउण्टेनको रुपमा बदनाम छ । अन्नपूर्ण हिमाल आरोहणमा ३८ प्रतिशत डेथरेट छ, म त्यो चुनौती सामाना गर्न आतुर छु ।’
अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी आरोही पूर्णिमाको अभियानलाई अन्नपूर्ण गाउँपालिकाबाट ४ लाख, गापा अध्यक्ष डमबहादुर पुनबाट दुई लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाल पुग्ने पदमार्गको गाउँपालिकाले पहिचान, निर्माण, नक्साङ्कन तथा प्रर्वद्धन गरेको हो । अन्नपूर्ण गाउँपालिकाले प्रर्वद्धन गरेको यस पदमार्ग अन्नपूर्ण हिमालको पहिलो आरोहीको सम्मानमा ‘मौरिस हर्गाज अन्नपूर्ण नर्थ पदमार्ग’ नामाकरण गरिएको छ ।
मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
‘अन्नपूर्ण हिमालको चुचुरोमा महिला पाईला त्यो पनि हाम्रै चेलीले राखेको सुन्दा हामी खुशी छौं । श्रेष्ठसमेत आरोहीलाई स्वागत गर्न बाटो पर्खेर वसेका छौं’ अन्नपूर्ण गाउँपालका अध्यक्ष डमबहादुर गर्वुजाले बताए । अध्यक्ष गर्वुजाले थपे, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सवैको आर्थिक, भौतिक सहयोग छ । आगामी तीन वर्षमा यो रुटलाई टिहाउस ट्रेकको रुपमा विकास गर्ने लक्ष्य छ ।’
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
पैदल यात्रा गर्ने हो भने, नारच्याङवेंशीबाट पहिलो दिन लेकगाउँहुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा संञ्चालनमा ल्याईएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्ग र अन्नपूर्ण नर्थ वेस क्याम्प पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण तथा ब्यवस्थापन सुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटककालागी ‘भर्जिन गन्तब्य’ पनि हुन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
