FLASH NEWS
  • Loading...

प्रि–मनसुन गतिविधि सक्रिय

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५१ पटक पढिएको
प्रि–मनसुन गतिविधि सक्रिय

देशभर वायुमण्डलमा प्रि–मनसुन गतिविधि सक्रिय भएको छ । लामो समयसम्म स्थिर रहेको वायुमण्डलमा प्रि–मनसुन गतिविधि सक्रिय भएपछि देशका विभिन्न ठाउँमा वर्षात भएको छ ।

हिउँदे वर्षा नभएर पीडित भएका किसानलाई यो वर्षातले राहत दिएको छ भने कतिपय स्थनमा हावाहुरी र असिनापानीले विभिन्न बालीनालीमा क्षति पनि पुगेको छ । यो वर्षातले वायुमण्डलमा फैलिएको प्रदूषण पनि हटाउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार स्थानीय वायुको प्रभावकै कारण देशका विभिन्न भागमा वर्षातसँगै असिना, चट्याङ र हावाहुरी देखिएको हो । अब स्थानीय वायु सक्रिय भएकाले पहाडी जिल्लासहित पश्चिम पहाडका केही भू-भागमा वर्षात भएको छ ।अब दैनिक जसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकै लगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ ।

पानी परेपछि पूर्वी तथा मध्य पहाडी तथा तराई क्षेत्रका वनमा लागेको अधिकांश डढेलो पनि नियन्त्रणमा आएको छ । पश्मिच क्षेत्रमा भने अहिले पनि ६६ स्थानमा डढेलो सक्रिय रहेको डढलोसम्बन्धी विवरण दिने सरकारी प्रणालीमा उल्लेख छ ।