FLASH NEWS
  • Loading...

पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजारबढी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३० पटक पढिएको
पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजारबढी

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय रहेको छ । पछिल्लो २४ घण्टामा २०८ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ७७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख ३५ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।