- Loading...
काेराेनाबाट बाग्लुङ्ग समेत १४ जिल्ला अति प्रभावित
- पुनहिल डट कम
- ३ साल अघि
- २३१ पटक पढिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाइ अति प्रभावित भनी जिल्लामा बर्गिकरण गरेकाे छ ।
मन्त्रालयले अति प्रभावित भनी जिल्लामा विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भनेकाे छ ।
स्वास्थ्य मन्त्रालयले बन्द गर्नुपर्ने अवस्था रहेको बताउँदै अप्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई विद्यालय नपठाउन अपिल गरेसँगै अभिभावक र विद्यार्थीहरूमा अन्योल बढेको छ । पछिल्लो समय विभिन्न सार्वजनिक स्थलमा भीडभाड बढेको र त्यसैका कारण फेरि संक्रमण विस्तार हुन सक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५८८ परीक्षणबाट बिहीबार ४९० जना संक्रमित फेला परेका हुन् । त्यस्तै ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।