- Loading...
‘हर्कत’ देखाउँदै कोरोना !
- पुनहिल डट कम
- ४ साल अघि
- २४९ पटक पढिएको

कोरोनाको विश्लेषण गर्दा युरोप तथा अमेरिकामा कोरोनाको उतारचडावले निरन्तरता पाइरहेको देखिन्छ । यो विश्वकै वैज्ञानिकहरुका लागि चाखलाग्दो, अनुमानविपरीत तर चिन्ताको विषय हो । नेपालमा झन्डै दुई दशक निरन्तर संक्रामक रोगहरुलाई नजिकबाट नियालिराख्दा हाल कोरोनाले देखाइरहेका गुणहरु भने अन्यभन्दा निकै फरक छन् ।
फरक भन्नाले छोटो समयमा उमेर समूह परिवर्तन गर्ने, नयाँ नयाँ लक्षणहरु देखिने/थपिने, तीव्रता तथा घातकतामा फरक देखाउने, पीसीआर परीक्षणमा चुनौती (जीनहरु अदृश्य हुने) दिने र आफ्नै स्वरुपलाई (जीनलाई) निरन्तर परिवर्तन गर्ने आदीलाई भन्न खोजिएको हो।
केहि दिनयता बालबालिका विशेषत: विद्यार्थीहरुमा कोरोना फैलिँदै गएको जानकारीहरु सार्वजनिक हुँदै आइरहेको छ । अभिभावकहरुमा पनि त्रास छ । हाल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने बहसले प्रमुखता पाएको देखिन्छ । कुनैपनि ठाउँमा मानिसहरुको जमघट हुन्छ भने त्यो कोरोना फैलनका लागि उपयुक्त वातावरण मानिन्छ ।
यसैलाई आधार मानेर हेर्दा शिक्षण संस्थाहरुमा जनस्वास्थको मापदण्डहरु अपनाउन असफल वा कमजोरी भएमा कोरोना एक विद्यार्थीबाट अर्कोमा सर्न सक्ने जोखिम रहन्छ । र संक्रमण अन्तत: परिवारका अरु सदस्यहरुसम्म पुग्ने सम्भावना रहन्छ । किनभने कोरोना हाल समुदाय स्तरमा रहेको हुनाले अभिभावक मार्फत बालबालिकामा संक्रमण भइरहेको पनि हुनसक्छ ।
सुरुवाती समयमा ज्वरो आउने, स्वासप्रस्वासमा अवरोध देखिए तथा खोकी लागेमा कोरोनाको लक्षण हुनेसक्ने मानिन्थ्यो । र कसैलाई त्यस्ता लक्षण देखिए स्वस्थाकर्मीसँग परामर्श वा उपचारको लागि अनुरोध गरिन्थ्यो । तर, नेपालमा पहिलो लकडाउन अगाडिसम्म झन्डै ९९ प्रतिशत संक्रमितहरुमा लक्षण नै देखिएन । त्यस्तो अवस्थालाई मैले “साइलेन्ट कोरोना” को उपनाम दिएको थिएँ । वास्तवमा, सो समयमा नेपालमा “साइलेन्ट कोरोना” भाइरस संक्रमितबाट नै संक्रमण फैलिएको थियो ।
कोरोनाको पहिलो लहर तीव्र हुँदै जाँदा संक्रमितहरुमा स्वाद तथा गन्ध थाहा नपाउने थप लक्षणहरु देखा परेका थिए । वास्तवमा, यी लक्षणहरु (स्वाद र गन्ध थाहा नपाउने) फ्लू तथा अरु भाइरल रुघाखोकीबाट छुट्याउन महत्वपूर्ण हुने गरेको थियो । किनभने कोरोना, फ्लू तथा अरु भाइरल रुघाखोकीको लक्षणहरु एक अर्कासँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ । पछिल्लो समय संक्रमित बालबालिकामा वान्ता हुने समस्या देखिने गरेको बताइएको छ । यद्यपी यस्तो समस्या र कोरोना भाइरसबीचको सम्बन्धका बारेमा अनुसन्धान हुन जरुरी हुन्छ । त्यस्तै, बालबालिकामा पछिल्लो पटक “मल्टी इन्फ्लामेटोरी सिन्ड्रोम” स्वास्थ्य समस्याको कारण धेरै अस्पताल भर्ना भइरहेका खबरहरु आइरहेका छन् । जुन कोरोनाको सुरुवाती समयमा देखिएको थिएन । कोभिड-१९ को उपचार पश्चात धेरैलाई स्वास्थ समस्या सकियो होला भन्ने लागेको थियो । तर यसको ठिक विपरित केहीमा भने निरन्तर स्वास्थ समस्याले गाजी नै रहेको देखियो । यसलाई “लंग कोभिड”को नाम दिइएको छ ।
विश्वमा कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिने क्रम जारी छ । जुन प्राकृतिक र स्वाभाविक पनि हो । तर केहि भेरियन्टहरु भने अघिल्लो भाइरस भन्दा तीव्र गतिमा फैलिने वा घातक हुने वा रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्ने क्षमता क्रमिक रुपमा विकास गरेका देखिन्छन् । जुन प्रमुख चासो र चिन्ताको विषय हो । हाल वैज्ञानिकहरुको लागि पनि कोरोनाको स्वरुपमा निरन्तर परिवर्तन देखिनु नै टाउको दुखाइको कारण भइरहेको छ ।
नेपालमा पनि कोरोना भाइरसको चक्र एक वर्षदेखि निरन्तर देखिरहँदा स्वरुप अथवा जीनमा परिवर्तन भइरहेको हुनुपर्दछ । अर्थात् “नेपाली भेरियन्ट” को कोरोना भाइरस विकास नभएको होला भनेर भन्न सकिने अवस्था देखिँदैन वा अहिले नभएको रहेछ भने पनि आगामी दिनहरुमा नदेखिएला भन्न सकिँदैन । तथापी भाइरसमा देखिने स्वरुप परिवर्तनको अवस्था थाहा पाउन बेला बेलामा जेनोम सिक्वेन्सिङ गरिरहनुपर्छ ।
हाल कोरोना संक्रमणको कारणले अस्पताल भर्ना हुने उमेर समूहमा पनि परिवर्तन आएको देखिन्छ । बालबालिका मात्र होइन युवाहरु पनि संक्रमित भई अस्पताल भर्ना हुने गरेको दैनिक तथ्यांकको बढ्दो संख्याले पनि देखाउँदछ । जति अस्पताल भर्ना हुनेको संख्या बढ्छ, त्यति नै मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहने गर्छ ।
अन्तमा, गएको वर्ष कोरोनासँग भएको युद्धबाट सिकेका अनुभवहरु हाल दोस्रो लहर संघारमै आइपुग्दा तुरुन्तै व्यवहारमा लागू गर्नुपर्दछ । तर कोरोना भाइरस मानिसभन्दा एक कदम अगाडि देखिन्छ । भाइरसले नौलो ‘हर्कतहरु’ देखाउने क्रम जारी राखेको छ । तसर्थ विगतमा नियन्त्रणका लागि गरेका विभिन्न प्रयासहरु बाहेक थप नौलो तथा अप्रत्यासित चुनौतीको सामना गर्न सतर्क र तयार हुन जरुरी देखिन्छ ।
इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
