FLASH NEWS
  • Loading...

पाखापानीको फर्निचरमा आगोलागी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११० पटक पढिएको
पाखापानीको फर्निचरमा आगोलागी

रघुगंगा गाउापालिका, ६ पाखापानीको कमनाथ स्थित एक फर्निचर उद्योगमा विहिवार विहान आगोलागी भएको छ ।
प्रहरीका अनुसार स्थानीय केशव पाईजाको फर्निचरमा आगोलागी भएको हो । आगोलागीबाट चार लाख मुल्य वरावरको तयारी फर्निचर तथा काठ जलेर नष्ट भएको छ ।
विहान ४ बजेबाट लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा विहान ७ बजे नियन्त्रणमा आएको थियो । आगोलागीको कारण खुलेको छैन ।