FLASH NEWS
  • Loading...

प्रवेशमार्ग नपाउँदा नापी भवन प्रयोगहीन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९५ पटक पढिएको
प्रवेशमार्ग नपाउँदा नापी भवन प्रयोगहीन

सदरमुकाम बेनीको पश्चिम म्याग्दी नदी किनारामा मंगलाघाट बजार जाने सडकदेखी २० मिटर भित्र चिटिक्क पारेको नापी कार्यालयको तीन तले भवन छ । तर भवनसम्म पुग्ने पहुँच मार्ग नहुँदा भवन भने प्रयोगहीन छ ।
गत मंसिरमै भवन तयार भएपनि प्रवेश मार्गमा खानेपानी कार्यालयले भण्डारण गरेको पाईप समेत समेत सामाग्री नहटाउँदा नापी कार्यालयको भवन प्रयोगहीन भएको हो । हाल नापी कार्यालय बेनीको बालमन्दीरचोकमा मासिक ४० हजार भाडा तिरेर बसेको छ । नापी कार्यालय भवन जाने पहुँच मार्गमा विधुत प्राधिकरणको वितरण लाईनको तारपोलले पनि अवरोध पुर्‍याएको छ ।
‘नयाँ भवन चार महिना अघि नै निर्माण भै प्रयोगयोग्य अवस्थामा छ । यता कार्यालय मासिक महंगो भाडा तिरेर पनि सेवाग्राहीलाई असुविधासाथ सेवा दिईरहेको छ’ नापी कार्यालयका प्रमुख तुलसी पौडेलले भने, ‘खानेपानी कार्यालयले प्रवेश मार्गमा भण्डारण गरेको सामाग्री हटाउन ढिलाई गर्दा समस्या सेवाग्राहीले भोगेका छन । अनावश्यक भाडा तिर्नु परिरहेको छ ।’
नापी कार्यालयको भवन बनाउँदा ठेकदारले कोष तथा लेखा नियन्त्रण कार्यालयको जग्गा प्रयोग गरेको थियो । उक्त जग्गामा हाल कोलेनिकाले आफ्नै भवन निर्माण थालेपछि नापी कार्यालय सम्म पुग्ने प्रवेश मार्ग रोकिएको हो ।
‘खासमा त्यहाँ भण्डारण गरिएको ठुला जिआईपाईप तथा पोलिथिन पाईपहरु कुन योजनाको हुन भन्ने नै पत्ता लागेन । पुरानो कार्यालय विघटन भएको र नयाँ कार्यालय स्थापना नहुँदा पोखराले हेथ्र्यो । त्यसैले अलमल भयो’ संघिय खानेपानी कार्यालयका प्रमुख रामउद्गार यादवले भने, ‘जे भएपनि नापी कार्यालयको प्रवेश मार्गमा भण्डारण गरिएको पाईपहरु बेनी खानेपानी उपभोक्ता समितिले उपयोग गर्ने गरी हटाउने तयारीमा छौं ।’
राज्य पुन:संरचना सँगै सरकारी कार्यालयहरु पनि पुन:संरचना गर्दा सेवा कार्यालयहरु अर्को कार्यालयमा गाभिने, खारेज हुने र नयाँ स्थापना हुने क्रममा साविकको खानेपानी तथा सरसफाई कार्यालय खारेज भएको र संघिय खानेपानी कार्यालय भर्खर (केही महिना अघि) मात्र स्थापना भएकोले संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरु विच समन्वयमा समस्या आएको छ ।
नापी कार्यालयमा प्रवेश मार्गको अल्झन बाहेक कानुनी उल्झन पनि छ ।
साविक सहरी विकास तथा भवन कार्यालय बाग्लुङ्गले ठेक्का लगाएको उक्त भवन ठेक्का प्रकृया र गुणस्तर नभएको भन्दै अख्तियारमा उजुरी परेको छ । अख्तियारले अनुसन्धान गरिहेको अवस्थामा प िनगत वर्ष नै सम्पन्न भैसक्नु पर्ने भवन लकडाउनको कारण मंसिरमा मात्र भवन पुरा भएको थियो ।
सहरी विकास तथा भवन कार्यालय बाग्लुङ्गबाट मसुद–विएन–त्रिशक्ति जेभिले २ करोड ४० लाखमा नापी कार्यालयको भवन निर्माण ठेक्का लिएका थिए । भवन निर्माण्
ा पुरा भै ठेकदार कम्पनीले अन्तिम भुक्तानी पाउन र भवन हेण्ड ओभर गर्न निवेदन दिएपनि अख्तियारमा उजुरी परेपछि फरफारक अल्झेको छ । नापी कार्यालयमा भुई तल्लामा दुई वटा ठूला सभाहल, पहिलो तल्लामा ५ कोठा, दोस्रो कोठामा ६ कोठा कार्यालय प्रयोजनमा रहने छन । तेस्रो तला भने आवास प्रयोजनमा प्रयोग गर्ने गरी डिजाईन गरिएको छ ।
‘कानुनी कुराहरु चल्दै गर्छन । हामी निर्माण पुरा भैसेको भवनलाई लामो समय प्रयोगहीन अवस्थामा राख्न उपयुक्त ठानेका छैनौं । प्रवेश मार्गको अवरोध हटे, नयाँ वर्षको पहिलो साता नै कार्यालय सार्ने योजनामा छौं’ नापी प्रमुख पौडेलले थपे, ‘भाडामा जति बस्यो राज्यलाई उत्ति आर्थिक भार पर्ने र सेवाग्राहीलाई पनि  उस्तै सास्ती हुने हो ।’