- Loading...
सीमा जोडिएका क्षेत्रमा कोरोनाभाइरस फैलिने दर भारतकै सबैभन्दा उच्च
- पुनहिल डट कम
- ४ साल अघि
- १६७ पटक पढिएको

कोरोनाको हट स्पट बनेको भारतमा आइतबार एकैदिन झन्डै १ लाख ७० हजार संक्रमित थपिएका छन्। भारतमा भाइरस संक्रमणको दोस्रो लहर पहिलेभन्दा निकै भयानक छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १ लाख ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।
त्यसअघिको २४ घण्टामा भारतमा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । नेपालको लागि सबैभन्दा चिन्ताको विषय भारतमा सबैभन्दा तीब्र गतिमा संक्रमण फैलिएका राज्यहरु हुन् । भारतका राज्यहरुमध्ये सबैभन्दा छिटो संक्रमण बिहार, उत्तर प्रदेश र झारखण्डमा फैलिइरहेको छ ।
नेपालको पूर्व पश्चिम सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा कोरोनाभाइरस अत्यन्तै तीब्र रुपमा फैलिइरहेको छ । भारतमा भाइरस संक्रमणको दोस्रो लहर पहिलेभन्दा निकै भयानक छ । त्यसअघिको २४ घण्टामा भारतमा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । सोमबार भारतले ब्राजिललाई उछिन्दै सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ ।
कोरोनाभाइरसको फैलिने दर मापन गर्ने मापदण्ड अर्थात रिप्रोडक्सन नम्बर बिहार, उत्तर प्रदेश र झारखण्डमा सबैभन्दा उच्च भएको विशेषज्ञहरुले बताएका छन् । इण्डिया टुडेका अनुसार पछिल्लो २ हप्तासम्म कोरोनाको तथ्यांकको ट्रयाकिङ र विश्लेषणपछि उत्तर प्रदेशमा १ जना संक्रमितले २.१४ जनालाई संक्रमित गरिरहेका छन् अर्थात १ सय जना संक्रमितले थप २ सय १४ जनालाई संक्रमित गरिरहेका छन् । रिप्रोडक्सन नम्बरलाई आर भ्यालु पनि भनिन्छ ।
राज्यहरु भएको र भारत र नेपालबीच खुला सीमा भएकोले यो नेपालको लागि चिन्ताको विषय बनेको छ । सीमामा कडाइ गरिएको भए पनि खुला सीमा भएका कारण संक्रमितहरु लुकिछिपी नेपाल प्रवेश गर्ने जोखिम उच्च छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
