FLASH NEWS
  • Loading...

सीमा जोडिएका क्षेत्रमा कोरोनाभाइरस फैलिने दर भारतकै सबैभन्दा उच्च

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८५ पटक पढिएको
सीमा जोडिएका क्षेत्रमा कोरोनाभाइरस फैलिने दर भारतकै सबैभन्दा उच्च

कोरोनाको हट स्पट बनेको भारतमा आइतबार एकैदिन झन्डै १ लाख ७० हजार संक्रमित थपिएका छन्। भारतमा भाइरस संक्रमणको दोस्रो लहर पहिलेभन्दा निकै भयानक छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १ लाख ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यसअघिको २४ घण्टामा भारतमा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । नेपालको लागि सबैभन्दा चिन्ताको विषय भारतमा सबैभन्दा तीब्र गतिमा संक्रमण फैलिएका राज्यहरु हुन् । भारतका राज्यहरुमध्ये सबैभन्दा छिटो संक्रमण बिहार, उत्तर प्रदेश र झारखण्डमा फैलिइरहेको छ ।

नेपालको पूर्व पश्चिम सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा कोरोनाभाइरस अत्यन्तै तीब्र रुपमा फैलिइरहेको छ । भारतमा भाइरस संक्रमणको दोस्रो लहर पहिलेभन्दा निकै भयानक छ । त्यसअघिको २४ घण्टामा भारतमा १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । सोमबार भारतले ब्राजिललाई उछिन्दै सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ ।

कोरोनाभाइरसको फैलिने दर मापन गर्ने मापदण्ड अर्थात रिप्रोडक्सन नम्बर बिहार, उत्तर प्रदेश र झारखण्डमा सबैभन्दा उच्च भएको विशेषज्ञहरुले बताएका छन् । इण्डिया टुडेका अनुसार पछिल्लो २ हप्तासम्म कोरोनाको तथ्यांकको ट्रयाकिङ र विश्लेषणपछि उत्तर प्रदेशमा १ जना संक्रमितले २.१४ जनालाई संक्रमित गरिरहेका छन् अर्थात १ सय जना संक्रमितले थप २ सय १४ जनालाई संक्रमित गरिरहेका छन् । रिप्रोडक्सन नम्बरलाई आर भ्यालु पनि भनिन्छ ।

राज्यहरु भएको र भारत र नेपालबीच खुला सीमा भएकोले यो नेपालको लागि चिन्ताको विषय बनेको छ । सीमामा कडाइ गरिएको भए पनि खुला सीमा भएका कारण संक्रमितहरु लुकिछिपी नेपाल प्रवेश गर्ने जोखिम उच्च छ ।