FLASH NEWS
  • Loading...

पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६५ पटक पढिएको
पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे ।

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारैसुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठी आइतबारदेखि सुरु भएको हो । पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठी आवश्यक आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमबार सकिनेछ । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छ ।