- Loading...
के काेभिशिल्ड खाेप भर्खर अाउँदैन ? तीन महिनामा कोरोना भ्याक्सिनको दोश्रो डोज नलगाए के हुन्छ ?
- पुनहिल डट कम
- ४ साल अघि
- १५८ पटक पढिएको

नेपालमा कोरोनाको विरुध्दकाे काेभिशिल्ड खोप पहिलो चरणमा लगभग १७ लाखभन्दा धेरै मानिसले लगाएका छन ।
उनीहरूलाई अब दोश्रो खोपको डोज वैशाख ७ देखि ११ गतेसम्म लगाउने याेजना छ । तर नेपालसँग याे सख्यामा याे खाेपकाे मात्रा स्टक छैन ।
भारतबाट ल्याएको कोभिशील्ड भ्याक्सिन नेपालसँग अब बाँकी ७ लाख छ । योबाहेक नेपाललाई पहिलो पटक लगाएकाहरूलाई दोश्रो डोज लगाउनका लागि अझै ९ लाख भ्याक्सिन आवश्यक पर्दछ ।
नेपालले बाँकी १० लाख डोज भारतसँग किनिसकेको बताइएको छ । तर भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने नसक्ने सकेत दिएकाे छ । भारतबाट नेपालले किनेकाे खाेप समेत नअाउने सकेत पाएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतिय समकक्षीलाइ फाेनगरी किनेकाे खाेप उपलब्ध गराइदिन अनुराेध गरेका छन ।
तीन महिनामा दोश्रो डोज नलगाए के हुन्छ ?
नेपालमा गत माघ १४ गतेबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको थियो । त्यसपछिको पौने तीन महिना भित्रमा दोश्रो डोज लगाउनु पर्छ । यदि यो समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी । पहिलो डोज लगाएको तीन महिना भित्रमा दोश्रो डोज लगाइएन भने बुस्टर डोज हुँदैन, यसको असर केही न केही भने हुन्छ, नहुने होइन । यसबारेमा थप अध्ययन पनि भइरहेको छ । यदि नलगाएमा यसले शरीरमा तुलनात्मक रुपमा एन्टीबडीको लेभल कम हुन्छ, अन्य खासै असर हुँदैन ।
कोभिशील्ड लगाएकाले चीनको सीनोभ्याक लगाउन मिल्छ ?
अहिले धेरैको चासोको विषय छ, यो । धेरैले भारतबाट ल्याएको कोभिशील्डको पहिलो डोज लगाएकालाई चीनबाट ल्याएको सीनोभ्याक लगाउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरिरहेका छन् । यसबारेमा स्टडी भइरहेको बताउँछन् सहप्रवक्ता अधिकारी । ‘यसबारे अध्ययन भइरहेको छ, अहिलेसम्मको कुरा गर्नुपर्दा भारतबाट ल्याएको भ्याक्सिन लगाएकालाई भारतबाटै आएको भ्याक्सिन लगाइन्छ,’ अधिकारीले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
