FLASH NEWS
  • Loading...

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, कहिले सुध्रेला संस्कार

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८८ पटक पढिएको
स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, कहिले सुध्रेला संस्कार

केन्द्रीकृत राज्य प्रणालीले अवलम्बन गरेको विकास मोडेलबाट मुलुकको विकास हुन नसकेपछि अपनाईएको संघिय राज्य प्रणाली अन्र्तगत गठित स्थानीय सरकारमा पनि पुरानै चेतना, शैली, संस्कार र प्रवृत्तिलाई त्याग्न नसक्दा दोस्रो चौमासिकसम्म पुंजीगत खर्च निराशाजनक छ ।
संघिय संरचना अन्तगत गठित संघ तथा प्रदेश सरकारबाट पुरानै एकात्मक राज्य प्रणालीमा झै स्थानइि सरकार/तल्लो तहसम्म बजेट निकासा ढिलाई हुने र समयममै विकास योजनाहरु सम्झौता तथा कार्यान्वयन नहुने रोगको पुनरार्वत्ति हुँदो दोस्रो चौमासिकमा स्थानीय तहको पुँजीगत बजेट २५ प्रतिशतभन्दा कम खर्च भएको छ ।
स्थानीय तहमा दोस्रो चौमासिकको खर्च देख्दा संघिय ब्यवस्था कार्यान्वयन भएको, जनप्रतिनिधी, कर्मचारीतन्त्र र उपभोक्ता समुह/निर्माण ब्यवसायीको सोंच तथा कार्यशैलीमा परिवर्तन नआउँदा विकास पूर्वाधार निर्माणले गती लिन सकेका छैनन । पहिलो चौमासिकमा बर्खा सिजन, चाडपर्व आदी कारण देखाएर पुँजीगत खर्च गर्न नसकेका स्थानीय तहले दोस्रो चौमासिकको हिँउदे फुर्सदिला दिनमा घाम तापेरै विताएको खर्च प्रतिशतले देखाउँछ ।
जिल्लाको उत्तरी भेगमा पर्ने अन्नपूर्ण गाउँपालिकाले चालु आवको दोस्रो चौमासिकसम्म पुँजीगत तर्फ जम्माजम्मी १५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । पुँजीगत तर्फको १५ करोड ५६ लाख ३४ हजार बजेटमध्य जम्मा २ करोड ३५ लाख १६ हजार ४ सय ८६ अर्थात १५.११ प्रतिशत मात्र खर्च गर्न सकेको हो । त्यसैगरी सोही अवधिमा चालु तर्फको २९ करोड ५६ लाख ७५ हजार ६ सय ३० रुपैयाँमध्य ९ करोड ५० लाख २६ हजार ५६ अर्थात ३२ प्रतिशत खर्च भएको छ ।
लेखा अधिकृत जयप्रसाद सुवेदीका अनुसार बर्खा, चाडपर्व सकिए लगत्तैदेखी गाउँपालिकाममा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा छनौट भएका योजना सम्झौता भै अधिकांश सम्पन्न भएपनि भुक्तानी रोकिँदा भौतिक प्रगति न्यून देखिएको हो ।
‘काम गर्ने र भुक्तानी गर्ने मुख्य समयमा दुई महिनाबढीदेखी प्रमुख प्रशासकीय अधिकृत रिक्त रह्यो, नयाँ प्रशासकीय सर आउनु भएको भएपनि अझै वैंक खाता संञ्चालन भैसकेको छैन । संभवत चैतसम्म भौतिक प्रगती ह्वात्तै बढ्ने छ’ लेखा अधिकृत सुवेदीले भने, ‘हाम्रो मात्र होईन देशभरी नै चैत–असारमा योजना निर्माणमा हतारो गर्ने सिजन हो ।’
भौगोलिक रुपमा अति सानो, पूर्वाधार सुगमता रहेको मंगला गाउँपालिकाको विकास खर्च क्षमता निराशाजनक छ । मंगला गाउँपालिकाको लेखा शाखा उपलब्ध गराएको जनकारी अनुसार यस गापाले ०७७ फागुन मसान्तसम्म पुँजीगत तर्फ जम्मा १६ प्रतिशत रहेको छ । तलव भक्ता तथा प्रशासनीक तर्फ खर्च हुने चालु तर्फ ४१ प्रतिशत खर्च गरेको छ । १० बेड क्षमताको अस्पताल र मंगला माध्यामिक विद्यालय भवन यसै बर्ष निर्माण भएकोले गाउँपालिकाको पुँजीगत खर्च ह्वात्तै बढी देखिएको हो ।
प्रमुख प्रशासकीय मनोहर ढुङ्गानाका अनुसार गापा भित्रका सवै ५ वटै वडा सचिव रिक्त रहेकोले वडा कार्यालय मार्फत योजना कार्यान्वयनमा समस्या भएको छ । गापाले संञ्चालन गरेका १ सय ३५ योजनामध्य ५ वटा विवाद भएका बाहेक सवै योजना ठेक्का तथा उपभोक्ता समुहसंग सम्झौता भै धमाधम काम भैरहेको दावी गरेको छ ।
त्यसैगरी मालिका गाउँपालिकाको अवस्था पनि उस्तै छ । गाउँपालिकाले चालु आवमा छनौट गरेका २ सय १५ वटा योजनामध्य हालसम्म दोस्रो चौमासिकको अन्त्यहुँदा १ सय ३९ वटा योजनाको मात्र सम्झैता भएको छ । गाउँपालिकाले १५ वेड क्षमताको दरवाङ अस्पताल समेत ३१ वटा योजना सम्पन्न गर्दा पुँजीगत तर्फ २१.८१ प्रतिशत र चालु तर्फ ३७। ७९ प्रतिशत बजेट खर्च गर्न सकेको छ । गाउँपालिकाले चालु तथा र्पुजीगत दुवै तर्फको बजेट उपलब्ध गराएको छैन ।
जिल्लाको करिव ४५ प्रतिशत भुगोल ओगटेको र दुर्गम धवलागिरी गाउँपालिकाले चालु आवको दोस्रो चौमासिकमा पुँजीगत तर्फको १४ करोड २३ लाख ३४ हजार ४ सय ९८ रुपैयाँमध्य ३ करोड ४५ लाख ६८ हजार ८ सय ८५ अर्थात २४.२९ प्रतिशतं खर्च गरेको जनाएको छ । त्यस्तै चाल तर्फको २५ करोड ३९ लाख ९४ हजारमध्य ८ करोड २८ लाख ९ हजार १ सय ५७ अर्थात ३२.६ प्रतिशत खर्च गरेको छ ।
धवलागिरी गापाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार गापाले संञ्चालन गरेका १ सय २६ वटा योजनामध्य ६ वटा टेण्डर र बाँकी उपभोक्ता समितिबाट संञ्चालन गरिने छन । यीमध्य ८७ वटा योजनाको सम्झौता भएको छ । ८१ वटा योजना सम्पन्न भएपनि प्राविधिक कारणले अन्तिम भुक्तानी रोकिएकोले पुँजीगत खर्च कम भएको हो ।
‘धेरै योजना सम्पन्न भैसकेका भएपनि म विरामी भै अस्पताल भर्ना हुनु परेकोले अन्तिम भुक्तानी रोकिएको थियो, चैतमा धमाधम भुक्तानी गरेका छौं । चैतमा भौतिक खर्च प्रगति बढेको छ’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘गाउँपालिकाले बजेट पारित गरेपछि ठूलो मनसुनसन्य विपद आईपऱ्यो । धेरै मानवीय तथा भौतिक क्षति भयो । विपद ब्यवस्थापन, पुर्नवास, खानेपानी मर्मत, सडक संञ्चालन समेत अनपेक्षित क्षेत्रमा खर्च बढी हुँदा गापाले छनौट गरेका योजना प्रभावित भएको अवस्था छ ।’
अर्को रघुगंगा गाउपालिकाले चालु आवको दोस्रो चौमासिकसम्म पुँजीगत तर्फ १३ करोड ८६ लाख ९४ हजारमध्य जम्मा ३ करोड २४ लाख ३० हजार अर्थत २३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालु तर्फ २८ करोड ३६ लाख ९५ हजार बजेटमध्य १० करोड ६५ लाख ३५ हजार अर्थात ३७.५७ प्रतिशत खर्च गर्न सकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
त्यसैगरी उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकाको
सदरमुकाम रहेको बेनी नगरपालिकाले चालु आवको दोस्रो चौमासिक सम्मम पुँजीगत तर्फको २० करोड ८७ लाख ७६ हजार ७ सय २२ रुपैयाँको बजेटमध्य ७ करोड ४९ लाख ८४ हजार ४ सय ४५ रुपैयाँ अर्थात ३५.ं९१ प्रतिशत खर्च भएको जनाएको छ । त्यसैगरी चालु तर्फ ४२ करोड २९ लाख ५६ हजार ५ सय रुपैयाँमध्य २१ करोड ४६ लाख ८५ हजार ९ सय २७ अर्थात ५१ं.१८ प्रतिशत खर्च भएको छ । बेनी नगरपालिकाका लेखापाल रत्न केसीका अनुसार कुल ६३ करोड १७ लाख ३३ हजार २ सय ६२ रुपैयाँमध्य २९ करोड १४ लाख ७० हजार ३ सय ७२ रुपैया र समग्रमा ४६.१३ प्रतिशत खर्च भएको छ ।