FLASH NEWS
  • Loading...

के काेभिशिल्ड खाेप भर्खर अाउँदैन ? तीन महिनामा कोरोना भ्याक्सिनको दोश्रो डोज नलगाए के हुन्छ ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८१ पटक पढिएको
के काेभिशिल्ड खाेप भर्खर अाउँदैन ? तीन महिनामा कोरोना भ्याक्सिनको दोश्रो डोज नलगाए के हुन्छ ?

नेपालमा कोरोनाको विरुध्दकाे काेभिशिल्ड खोप पहिलो चरणमा लगभग १७ लाखभन्दा धेरै मानिसले लगाएका छन ।

उनीहरूलाई अब दोश्रो खोपको डोज वैशाख ७ देखि ११ गतेसम्म लगाउने याेजना छ । तर नेपालसँग याे स‌ख्यामा  याे खाेपकाे मात्रा स्टक छैन ।

भारतबाट ल्याएको कोभिशील्ड भ्याक्सिन नेपालसँग अब बाँकी ७ लाख छ । योबाहेक नेपाललाई पहिलो पटक लगाएकाहरूलाई दोश्रो डोज लगाउनका लागि अझै ९ लाख भ्याक्सिन आवश्यक पर्दछ ।

नेपालले बाँकी १० लाख डोज भारतसँग किनिसकेको बताइएको छ । तर भारतमै कोभिशील्डको संकट परिरहेको यस समयमा भारतले नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने नसक्ने स‌केत दिएकाे छ । भारतबाट नेपालले किनेकाे खाेप समेत नअाउने सकेत पाएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतिय समकक्षीलाइ फाेनगरी किनेकाे खाेप उपलब्ध गराइदिन अनुराेध गरेका छन ।

तीन महिनामा दोश्रो डोज नलगाए के हुन्छ ?

नेपालमा गत माघ १४ गतेबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको थियो । त्यसपछिको पौने तीन महिना भित्रमा दोश्रो डोज लगाउनु पर्छ । यदि यो समयावधि भित्रमा खोपको दोश्रो डोज नलगाएमा एन्टीबडीको लेभल शरीरमा कम हुने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी । पहिलो डोज लगाएको तीन महिना भित्रमा दोश्रो डोज लगाइएन भने बुस्टर डोज हुँदैन, यसको असर केही न केही भने हुन्छ, नहुने होइन । यसबारेमा थप अध्ययन पनि भइरहेको छ । यदि नलगाएमा यसले शरीरमा तुलनात्मक रुपमा एन्टीबडीको लेभल कम हुन्छ, अन्य खासै असर हुँदैन ।

कोभिशील्ड लगाएकाले चीनको सीनोभ्याक लगाउन मिल्छ ?

अहिले धेरैको चासोको विषय छ, यो । धेरैले भारतबाट ल्याएको कोभिशील्डको पहिलो डोज लगाएकालाई चीनबाट ल्याएको सीनोभ्याक लगाउन मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरिरहेका छन् । यसबारेमा स्टडी भइरहेको बताउँछन् सहप्रवक्ता अधिकारी । ‘यसबारे अध्ययन भइरहेको छ, अहिलेसम्मको कुरा गर्नुपर्दा भारतबाट ल्याएको भ्याक्सिन लगाएकालाई भारतबाटै आएको भ्याक्सिन लगाइन्छ,’ अधिकारीले भने ।