वडा कार्यालयबाट ५३ लाखभन्दा बढी नगद चोरी

२५ चैत्र २०७७, बुधबार १७:५१ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ चोरी भएको छ।
प्रहरीका अनुसार सो वडा कार्यालयबाट ३२ इन्चको एकथान सीसीटीभीको मनिटर पनि गएराति चोरी भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ।