FLASH NEWS
  • Loading...

स्वास्थ्य बीमा प्रभावकारी, महिला वीमितबढी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९९ पटक पढिएको
स्वास्थ्य बीमा प्रभावकारी, महिला वीमितबढी

नागरिकको उपचारमा पहुँच बृद्धी गर्न सुरु भएको स्वास्थ्य बीमा प्रति जिल्लामा आर्कषण बढ्न थालेको छ । स्वास्थ्य बीमा गराउनेमा पुरुष भन्दा महिला बढी छन ।
हाल जिल्लामा १२ हजार तीन सय महिलासमेत २२ हजार ८ सय ५० जनाले स्वास्थ्य विमा गरेका छन । यीमध्य ७ हजार ५ सय २८ जना ७० बर्षमाथीका जेष्ठ नागरिक हुन । माघ–चैत तेस्रो सर्कलमा बीमा गरेका बीमित र अन्तिम सर्कल बैशाख–असार तीन महिना विमा गर्ने समय बाँकी रहँदा स्वास्थ्य बीमा गराउने बीमितको संख्या आर्थिक वर्ष ०७५/०७६ को भन्दा झण्डै ८ हजारले बढी हो ।
सरकारले जेष्ठ नागरिकको अनिवार्य स्वास्थ्य बीमा गराउने नीति लिएको र स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाहरुले महिला स्वास्थ्य स्वएं सेविका, बौद्धिक अपाङ्गता भएका ब्यक्ति, असाहाय बालबालिका र विपन्न समुदायलाई स्वास्थ्य विमा गराएकोले संख्या बृद्धी भएको हो ।
‘जेष्ठ नागरिक र स्थानीय सरकारहरु सकृय भएपछि यो वर्ष स्वास्थ्य बीमा गर्नेको संख्या बढेको हो । बीमा गर्नेमा महिलासंख्या धेरै छ’ स्वास्थ्य बीमा बोर्ड म्याग्दी शाखाकी कर्मचारी बन्दना शर्माले भनिन, ‘जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य विमामा जोड्ने नीति र स्थानीय सरकारले विपन्नको बर्गका जनताको निशुल्क बिमा गराईदिएकोले सहज भएको छ ।’
स्वास्थ्य बीमा बोर्ड म्याग्दी शाखाका अनुसार बेनी नगरपालिकामा तीन हजार १६ महिलासमेत ५ हजार ५ सय ७१ जना, अन्नपूर्ण गाउँपालिकामा चर सय १४ महिलासमेत ७ सय ८६ जना, रघुगंगामा ८ सय ८३ महिलासमेत एक हजार ६ स १६ जना, मंगला गापामा १ हजार ३६ महिलासमेत १ हजार ९ सय ५४ जना, मालिका गापामा १ हजा ४ सय १० जना महिलासमेत २ हजार ६ सय ७२ जना र धवलागिरी गापामा ३ सय ५० महिलासमेत ६ सय ५९ जनाको स्वास्थ्य बीमा गरिएको छ ।
बाँकी स्वास्थ्य बीमाका बीमितहरु विभिन्न सामाजिक संघ संस्थाबाट निशुल्य बीमा गराएका गलेश्वर बृद्धाश्रममा बस्ने समेत जेष्ठनागरिक, नेपाल बाल संगठनमा आश्रित बालबालिका समेत असहाय बालबालिका र बौद्धिक, दृष्टीविहीन र बहिरा श्रोत केन्द्रमा अध्ययनरत विद्यार्थीहरु हुन ।
‘दुर्गम र कम साक्षर रहेको हाम्रो जिल्लामा स्वास्थ्य बीमाको महत्व विस्तारै सर्वसाधारणले बुझ्दै छन । बीमितले सेवा लिने मुख्य सेवा कार्यालय बेनी अस्पताल १५ बेडबाट ५० बेड क्षमतामा कागजी स्तर उन्नत भएपनि ब्यवहारमा कार्यान्वयन नभएकोले स्वास्थ्य बीमा सुविधा लिएका बीमितले राम्रो र सन्तुष्ट भै सेवा लिन पाएका छैनन’ बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘अस्पतल पूर्ण क्षमतामा कार्यान्वयन नहुँदा विशेषज्ञ डाक्टर नभएको र उपलब्ध डाक्टरले लेख्ने प्रिकेप्सनले बीमाले तोकेका सवै पाँच सय ५० बढी औषधी समेट्न सकेको छैन । बेनी अस्पतालमा उपलब्ध छैनन । हामी प्रयत्नमा छौं ।’
म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ र बेनी अस्पतालबाट मात्र बीमितले स्वास्थ्य उपचार सेवा पाउने गरेका छन । बीमा बोर्डले अस्पतालमा उपचारकालागी नाम दर्ता गराउँदा प्रति विरामी २ सय रुपैयाँ सम्बन्धीत स्वास्थ्य निकायलाई शुल्क तिर्दै आएको भएपनि बेनी अस्पताल समेत स्वास्थ्य निकायले ओपिडीमा नाम दर्ता १२ बजे नै बन्द गरिदिँदा विरामी फर्केर बाहिर निजी क्लिनिकमा औषधी गर्न बाध्य छन ।
‘स्वास्थ्य बीमा उपयुक्त र राम्रो भएपनि ब्यवस्थापकीय पक्ष कमजोर छ । सेवा लिन नै झण्झटिलो छ । ओपिडिमा नाम दर्ता चाँडो बन्द हुने, बीमाको परिचय पत्र नै बुझाउनु पर्ने, स्वास्थ परिक्षणगरी सक्दा ढिलो हुने र बेलुका परिचय पत्र फिर्ता लिन फेर जानु पर्ने, कहिलेकाही त अर्को दिन कार्ड लिन मात्र जानुपर्ने झण्झटिलो छ’ बेनी अस्पतालमा पुगेकी स्वास्थ्य बीमाकी बीमित सेवाग्राही सीमा केसीले भनिन, ‘अस्पतालबाट पाईने औषधीको गुणस्तर कमजोर हो वा बीमाले उपलब्ध गराउने औषधी कमजोर हो, औषधीको प्रभावकारीता कम छ ।’
बार्षिक तीन हजार पाँच सय वीमा शुल्क बुझाएमा पाँच जना सम्मको परिवारले ५० हजार मुल्य बराबरको तोकिएका स्वास्थ्य संस्थाबाट उपचार गर्न सक्छन । पाँच जनाबढी परिवारका सदस्यले प्रति ब्यक्ति चार सय ५० वीमा शुल्क तिरी वीमा गराउन सक्छन । स्वास्थ्य वीमा गराउन दर्ता सहयोगीसँग परिचय खुल्ने प्रमाणसहित परिवारका सवै सदस्यको फोटो टाँसी परिचय पत्र बनाउनु पर्ने हुन्छ ।
‘बीमाले तोकेका औषधी म्याग्दीका स्वास्थ्य संस्थामा नपाईएको गुनासो धेरै आएको छ । बीमा बोर्डले नै सरकारी अस्पतालमा मात्र उपचार गर्ने गरी तोकेको छ । म्याग्दीको बेनी अस्पताल समेत स्वास्थ्य संस्थामा तोकिएको औषधी नभएपनि जेनेटिक नाम मिलाएरै पनि औषधी दिन भनेका छौं’ शर्माले भनिन, ‘अस्पतालको पनि प्राविधिक कारणले सेवा थप विस्तार नभएको हो । १० जनाबढी विशेषज्ञ डाक्टरको दरवन्दी भएपनि मेडिकल अफिसरको भरमा अस्पताल रहेकोले पनि सोही अनुसारको औषधी खरिद हुँदा बीमितले तोकिएको औषधी नपाएका हुन ।’