FLASH NEWS
  • Loading...

भारतमा कोरोनोको दोस्रो लहर : एकै दिन थपियो ९३ हजार नयाँ केश

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७८ पटक पढिएको
भारतमा कोरोनोको दोस्रो लहर : एकै दिन थपियो ९३ हजार नयाँ केश

भारतमा कोरोना संक्रमणको दोस्रो लहर खतरनाक बन्दै गई रहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार पछिल्लो चौविस घण्टा अर्थात शनिबार मात्रै त्यहाँ ९२ हजार ९९४ जनामा नयाँ संक्रमण देखिएको छ ।

यसबीचमा ६० हजार ५९ जना भने उपचार पछि घर फर्केका छन् । यस अवधीमा ५१४ जना संक्रमितको ज्यान गएको छ ।

शनिबारको संक्रमित आँकडा पछिल्लो साढे छ महिना यताकै सबैभन्दा बढी हो । यसअघि एकै दिन १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

महाराष्ट्र :
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कक्षा ८ सम्मको परीक्षा रद्ध गरिएको छ । राज्यका शिक्षा मन्त्री बर्षा गायकवाडले शनिबार भने कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीलाई परीक्षा विना नै पास गरिनेछ ।

विहार :
कोरोना संक्रमण बढ्न थालेपछि विहार सरकारले १२ अप्रिलसम्म स्कुल तथा कलेज बन्द गरेको छ । शनिबार मुख्य मन्त्री नीतिशकुमारले क्राइसिस म्यानेजमेन्ट सिस्टमको समिक्षा बैठकमा यो निर्णय गरेका हुन् ।

ओडिशा :
ओडिशामा रहेको जगन्नाथ मन्दिर आजबाट हरेक आइतबार सेनिजाइजेसन गरी बन्द गरिनेछ । कोरोना संक्रमण बढेपछि यस्तो निर्णय लिइएको हो ।