FLASH NEWS
  • Loading...

कोरला कपको उपाधी घतान र नारच्याङलाई

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७६ पटक पढिएको
कोरला कपको उपाधी घतान र नारच्याङलाई

म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ ।

शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे  ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको वडानम्वर ४ नारच्याङले वडानम्वर ३ दानलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको थियो ।

विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रालीका अध्यक्ष सुरत केसी लगायतको उपस्थितमा पुरस्कार वितरण गरेका थिए ।  पुरुष बिजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया प्राप्त गरे भने महिलातर्फ विजेता र उपविजेताले ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया नगदसहित मेडल र ट्रफी प्रदान गरिएको खेलकुद संयोजक कुमार किसानले बताए ।