- Loading...
किन भित्रभित्रै आत्तिएका छन् प्रचण्ड?
- पुनहिल डट कम
- ३ साल अघि
- २३३ पटक पढिएको

सत्ता समीकरणको खेलमा तीव्ररुपमा यता र उता दौडिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजानिकरुपमा आक्रोशित देखिन्छन् तर उनी भित्रीरुपमा ओलीसँग डराएका रहेछन्।
यो कुराको खुलासा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा गत मंगलबार एक्लै भेट्न पुगेपछि सार्वजानिक भएको छ। सो भेटबारे देउवाले आफू निकटस्थ कांग्रेस नेताहरुलाई बताएपछि प्रचण्ड हतासमात्र होइन त्रसित समेत भएको कुरा कांग्रेसको देउवासमूहको साझा बुझाइ बनेको छ।
प्रचण्डले सभापति देउवालाई यसैगरी ओली बलियो बन्दै जाने हो भने मलाई द्वन्द्वकालीन मुद्धामा फसाँउछन् भन्नेमा भावुक हुँदै ठूलो चिन्ता व्यक्त गरेका थिए। देउवा निकट स्रोतका अनुसार, उनले देउवासामु छिमेकी मुलुक भारतले पनि आफूलाई त्यस्ता मुद्धामा फसाएर हेग पुर्याउन खोजेको हो कि भन्ने आशंका पैदा भएको भन्दै त्यस्तो हुन नदिन देउवाले भूमिका खेल्नु पर्ने जिकिर गरेका थिए।
म फसें भने तपाईंलाई पनि फसाउँछन् भन्ने तर्क गर्दै प्रचण्डले ओलीलाई सत्ताबाट सकेसम्म चाँडो विदा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र त्यससम्बन्धी कानूनबारे तत्काल निर्णय गर्नुपर्ने अवस्था आइसकेको बताएका थिए। घटनाक्रमअनुसार, गत मंगलबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न आउन खोजेको सूचना बुढानिलकण्ठस्थित कांग्रेस सभापति देउवा निवासमा आयो।
त्यसै अनुसार भेटघाटको प्रबन्ध पनि मिलाइयो। यो खबरसँगै देउवा सचिवालयले उनीसँग माओवादीका केही नेता पनि साथमा होलान् भन्ने ठानेको थियो। तर पछि त्यस्तो भएन। त्यस दिन प्रचण्ड एक्लै थिए। यतिसम्म कि उनको साथमा सुरक्षाकर्मीबाहेक अरु कोही थिएन। सचिवालयका सदस्यहरु पनि उनीसँग थिएनन्।
प्रचण्ड एक्लै आए सिधै देउवा निवासको अतिथि कक्षमा पुगे। उनीहरुबीच आधा घन्टा कुराकानी भयो। तर त्यस दिनको कुराकानीको विषय भने अलग्गै थियो। विषय राजनीतिकै भएपनि यसपालि सरकारमा जान अथवा प्रधानमन्त्री बनिदिन प्रचण्डले देउवालाई त्यस्तो धेरै आग्रह गरेका भने होइनन्।
यद्यपि, बाहिर समाचार आउँदा माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बन्न प्रचण्डले फेरि पनि देउवालाई जोड गरेको भनेर आयो। केही दिन अघिसम्म अर्थात् संसद पुनःस्थापना भएपछि जसरी देउवाको ज्योतिषीको खोजी भएको थियो अहिले अवस्था त्यस्तो नरहेको यथार्थ प्रचण्डलाई पनि थाहा नै छ। किनकि संसदमा अझै पनि ओली नै बहुमतमा छन्।
ओली एकपछि अर्काेगरी बलियो बन्दै गएको र यतिखेरको संसदको गणितले देउवालाई प्रधानमन्त्री बनाउने अंक नपुग्ने स्पष्टै छ। त्यसैले जब जब प्रचण्डले देउवालाई भेट्छन् तब मिडियामा प्रधानमन्त्रीको चर्चा शुरु हुने गरेपनि यसबाहेक भेटमा अरु गम्भीर विषयहरुमा छलफल भएका थिए। पछिल्लोपटक देउवालाई भेट्दा प्रचण्ड निकै हतास थिए।
हड्बडाएको अवस्थामा प्रचण्ड रहेको बुढानिलकण्ठस्थित देउवा निवास सचिवालयका एकजना सदस्य बताउँछन्। उनका अनुसार प्रचण्ड निकै मुड अफ थिए किनभने विषय पनि गम्भीर नै रहेछ–देउवा निकट स्रोतले बतायो। उनका अनुसार प्रचण्डले देउवासँग आफूलाई भारतले हेग लैजाने खेल खेलेको गुनासो बिसाएका थिए।
उनले भनेका थिए–मलाई भारतले हेग पुर्याउने भयो, टिआरसीको काम पनि लथालिंग छ, यसलाई कानुनी वैधता दिने काममा अब ओली तयार छैनन्, बडो फसाद हुनेवाला छ। त्यस क्रममा प्रचण्डले आफूमात्र नभएर यदि आफू हेग पुग्नुपर्ने अवस्था आयो भने त्यसले देउवालाई पनि तान्न सक्ने भन्दै उनले देउवालाई पनि ओलीका विरुद्ध खरोरुपमा लाग्न आग्रह गरेका थिए।
देउवाले पहल गरेर आफैं प्रधानमन्त्री नभइदिँदा भोलि यो सबै समस्या आउन सक्ने र यदि यो सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) को समस्या आयो भने त्यसले आफूलाई मात्र नभएर देउवालाई पनि छुनसक्ने तर्क प्रचण्डले गरेका थिए। यो कुरामा देउवाले प्रचण्डलाई कुनै प्रतिक्रिया नदिएको देउवानिकट स्रोतको दावी छ।
यो कुरा छल्दै देउवाले ओलीलाई अहिले कसरी हटाउन सकिन्छ र? भन्दै प्रतिप्रश्न गरेका थिए। सरकारमा जानलाई ओली विरुद्धको बहुमत नपुगेको र माओवादी केन्द्रले पनि विश्वासको मत फिर्ता नलिएकोले अन्योल भएको देउवाले बताएका थिए। याे समाचार डिसीनेपालडटकममा प्रकाशित छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
