संसारभर कोरोनाले त्रास फैलाएपछि मास्क बिक्री ह्वात्तै बढ्यो। बजारमा विभिन्न प्रकारका मास्क आउन थाल्यो।
अहिले यस्तो मास्क पनि आयो, जसले सोसल मिडियामा हुरी नै चलाइदियो।
ट्विटरमा एकजना प्रोढ र महिलाले यस्तो मास्क लगाएको देखियो, जसले नाकमात्रै ढाक्छ। उक्त भिडियो न्युज एजेन्सी रोयटर्सले नै सेयर गरेपछि चर्चा झनै चुलियो।
‘नोज ओन्ली मास्क’ मेक्सिकोका शोधकर्ताले बनाएका हुन्।(एजेन्सी)