इम्युनिटी बढाउने यी १० चिज

१९ चैत्र २०७७, बिहीबार ०९:२९ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

कोरोना महामारी संसारभर कायमै छ। यो अवस्थामा हामीले इम्युनिटी बढाउनु आवश्यक छ।

सबैभन्दा बढी अमिला फलफूल(सुन्तला, कागतीजस्ता)हरुले मानिसमा इम्युनिटी वृद्धि गर्ने अध्ययनहरुले सिद्ध गरेका छन्।

डल्ले रातो खुर्सानी(हरियो पनि), ब्रोकली र लसुन पनि मानव शरीरलाई तन्दुरुस्त राख्न उपयोगी मानिन्छ। अदुवा, बदाम, ग्रिन ब्ल्याक टी, बेसार, दही र पालुंगोलगायतका खानेकुराले हाम्रो इम्युनिटी बढाइदिन्छ।