FLASH NEWS
  • Loading...

म्याग्दीमा चार वर्षमा ६९ प्रतिशत निजी आवास पुनर्निमाण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८५ पटक पढिएको
म्याग्दीमा चार वर्षमा ६९ प्रतिशत निजी आवास पुनर्निमाण

०७२ सालको भुकम्पबाट क्षति पुगेका ९ सय ८४ निजी आवास/घर मध्य म्याग्दीमा हालसम्म ६९.५१ प्रतिशत निजी आवास मात्र पुनर्निमाण भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइको अभिलेख अनुसार १ हजार ६५ जना लाभग्राही ९ सय ८४ परिवारले मात्र निजी आवास पुनर्निमाण अनुदानकालागी सम्झौता गरेका थिए ।
सम्झौता गरी पहिलो किस्ता रकम लिएका लाभग्राही मध्य ६ सय ८४ परिवारको निजी आवास पुनर्निमाण भएको छ । तीन सय निजी आवास वैशाख मसान्तभित्र पुननिर्माण सक्नेगरी धमाधम पुनर्निमाण भैरहेको आयोजना कार्यान्वयन इकालईले दावी गरेको छ ।
निजी आवास पुननिर्माण गरेका मध्य ३ परिवार भुमिहीनलाई घडेरी खरिद गर्न थप २ लाख अनुदान पाएका हुन । बाँकी ८१ परिवारले आयोजनाको घरको मोडेल उपयुक्त नभएको र अनुदानको रकमले घर नवन्ने भन्दै आवास पुनर्निमाण सम्झैता नै गरेनन ।
जिल्लामा ०७४ मंसिर २२ गतेदेखी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरु कार्यस्थलमा खटिएर निजी आवास पुनर्निमाणको काम सुरु भएको थियो ।
‘वैशाख मसान्तसम्म लाभग्राहीले आ–आफ्ना स्थानीय तहमा निजी आवास पुनर्निमाणगरी अन्तिम किस्ता माग गर्ने र कार्यालयले जेठ १५ गतेसम्म भुक्तानी दिईसक्नेगरी कार्यातालिका बनाएका छौं’ राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका फोकल पर्सन सोहनजंग कार्कीले भने, ‘इकाइको कार्यालय नै आगामी असारपछि रहने/नरहने अवस्था हुँदा वैशाख भित्र निजी आवास पुनर्निमाण सक्नै पर्ने प्रेसर हामीलाई छ ।’
त्यसैगरी असारपछि कार्यालय हट्ने भएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत कार्यान्वयन भैरहेको अन्नपूर्ण गाउँपालिका, ६ घार स्थित पोखरेवगर–चित्रे १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस सहित कालोपत्रे गर्ने र छुट्टै इकाई मार्फत नै निर्माण भैरहेको घारखोलामा मोटरपुल कार्यान्वयन अन्यौल भैरहेको छ ।
‘सडक र पुलको काम कस्लाई हस्तान्त्रण गर्ने अन्यौल छ’ इकाईका सोहनजंग कार्कीले भने, ‘निजी आवास पुनर्निमाण तर्फका कार्यक्रम वन्दगरी सडक पुननिर्माणको काम गर्नेगरी कार्यालय रहन पनि सक्छ । हामी नै अन्यौलमा छौं ।’