FLASH NEWS
  • Loading...

धौलागिरीमा २००६ मा दुर्घटनामा परेको हेलिकोप्टर र मानव अवशेष भेटियो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११९ पटक पढिएको
धौलागिरीमा २००६ मा दुर्घटनामा परेको हेलिकोप्टर र मानव अवशेष भेटियो

२००६ मा धौलागिरी हिमालमा दुर्घटनामा परेको एअर डाइनेस्टीको हेलिकोप्टर फेला परेको छ। नेपाली सेनाले धौवलागिरी हिमालको बेस क्याम्पभन्दा २०० मिटरको दूरीमा दुर्घटनाग्रस्त हेलिकोप्टर फेला पारेको हो।

सफा हिमाल अभियान अन्तगर्त हिमालको फोहोर हटाउनेक्रममा हेलिकोप्टर फेला परेको नेपाली सेनाले जनाएको छ। सेनाले हेलिकोप्टरसँगै मानव अवशेष पनि फेला परेको छ।

सेनाले फेला परेको हेलिकोप्टर २००६ मा दुर्घटनामा परेको एअर डाइनेस्टीको भएको तर, मानव अवशेषबारे भने केही नुखलेको बताएको छ। सेनाले मानव अवशेसको पहिचानका लागि प्रयास भइरहेको बताएको छ।

२०७३ जेठ अन्तिम साता धौलागिरी पर्यटन विकास परिषद म्याग्दीबाट धौलागिरी आधार शिविर पुगेको टोलीले जापानिज क्याम्प भन्दा केही माथी फेला पारेको दुर्घटनाग्रस्त हेलिकोप्टरको पाङ्ग्रा ।