FLASH NEWS
  • Loading...

कोरना संक्रमणबाट वच्न गाउँघर फर्कने लर्को

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४७ पटक पढिएको
कोरना संक्रमणबाट वच्न गाउँघर फर्कने लर्को

कोरनाको दोस्रो लहर समुदाय तथा विद्यालयमा फैलिएपछि जिल्लाका शैक्षिक संस्था दुई हप्ताकालागी वन्द गरिएसँगै उच्च जोखिममा रहेका सहर छोडेर पुख्यौली थलो/गाउँ फर्कनेको लर्को लागेको छ ।
कोरनाको म्युटेड भाईरस संक्रमण बाक्लो जनघनत्व भएको क्षेत्रमा तिब्र फैलिएपछि कमजनघनत्व रहेका पातलो तथा छरिएका वस्ती तुलनात्मक सुरक्षित हुने भन्दै सहर छोडेर गाउँ फर्कन थालेका हुन । शैक्षिक संस्था बन्द भएसँगै काठमाण्डौ, पोखरा समेतका सहरमा डेरा गरी अध्ययन, अध्यापन गर्ने मात्र होईन आफ्नो घर भएका समेत तला लगाएर गाउँ फर्केका छन ।
‘पोखरा पनि म्युटेड कारोनाको संक्रमणको हटस्पट बन्न थाल्यो । केटाकेटीलाई सहरमा संक्रमणबाट जोगाउनै हम्मे भयो । स्कुल/कलेजपनि बन्द भएपछि गाउँ फर्केको हो’ अन्नपूर्ण गाउँपालिका, ५ का मनवीर पाईजाले भने, ‘गाउँमा वस्ती पातलो छ । भीडभाड हुने ठाउँ हुँदैन, विधुत र फाईवर केवलबाट इन्टरनेट पुगेको बालबालिकालाई इन्टरनेटमा जोडिन पनि अप्ठ्यारो छैन ।’
उपभोक्ता गाउँ फर्कन थालेपछि सदरमुकामका खाद्यान्न, मासु, तरकारी तथा दुधडेरी समेत अन्य पसलमा ग्राहक पातलिएका छन । सडकमा गुडेका सार्वजनिक यातायातममा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी घर फर्कनेको भीड देख्न सकिन्छ । चोकगल्ली र चौतारीमा दुई जना जम्मा हुँदा कोरना भाईरस र देशको अर्थतन्त्रको बर्बादीको चर्चा चल्ने गरेको छ ।
‘काठमाण्डौ, पोखराबाट जिल्ला फर्कने धेरै भएपछि जिल्ला भित्रने सवै गाडी प्याक छन । रात्री बसमा पनि सीट नपुगेर प्यासेजमा बसेरै पनि फर्कने धेरै छन । मुस्ताङ्ग जाने गाडी पनि उस्तै प्याक छन’ म्याग्दी कोरोला यातायात प्रालिका मोहन केसीले भने, ‘गाडीमा बस्दा यात्रुलाई मास्क प्रयोग अनिवार्य गरेका छौं तर सीट पुऱ्याउन गार्हो भएको वेला दुरी कायम गर्ने कुरा अलि नमिल्ने रहेछ ।’