मिस्त्रीखोलाआयोजनामा कार्यरत थप ११ जनामा कोरोना संक्रमण

१८ चैत्र २०७७, बुधबार १७:१९ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

जिल्लाको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविधुत आयोजनामा कार्यरत ११ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
स्थानीय अन्नपूर्ण गापाको कोरोना अस्प्पतालमा चिह्लक्षणसहित उपचार गर्न गएका १० जना आयोजनाका कर्मचारी/मजदुर पिसिआर परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टी भएको थियो । उनीहरुकै कन्ट्रयाक ट्रेसिङमा परेका ७६ जनाको पिसिआर परिक्षण गर्दा बुधवार १२ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सुरुमा कोरोना पुष्टी भएका ५ जनामध्य ४ भारतिय र १ नेपाली रहेकोमा बुधवार कोरोना पुष्टीभएका ११ जनामध्य १ जना भारतिय बाँकी नेपाली छन ।
‘अन्नपूर्ण गापा, ४ नारच्याङमा पछिल्लो एक सातामा १६ जनामा कोरोना पुष्टी भएको छ । सवैको स्वाव परिक्षण गर्ने बेला सवैको ठेगाना मिस्त्रीखोला जलविधुत आयोजना राखिएकोले स्थानीय र हाईड्रोका कर्मचारी छुट्टीएको छैन’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
स्वास्थ्य कार्यालयको अभिलेख अनुसार हालसम्म जिल्लामा २ हजार ५ सय ३० जनाको स्वाव परिक्षण गरिएकोमा ५७ महिलासहित २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।