- Loading...
प्रचण्डलाई अर्को अन्तर्राष्ट्रिय संकट
- पुनहिल डट कम
- ४ साल अघि
- २६८ पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तर्राष्ट्रिय स्तरमा समस्यामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय खेलाडीहरुले पुनः युद्धकालीन मुद्दाहरु ब्युँताउन थालेका छन् । यही क्रममा नेपालमा शान्तिप्रक्रियाको निरीक्षणका लागि आएको संयुत्तः राष्ट्रसंघीय मिसन (अनमिन)की प्रमुख करिन ल्याण्डग्रेनले द डिप्लोम्याटमा एक लेख प्रकाशित गर्दै नेपालमा माओवादीले सशस्त्र युद्धमा बालबालिकाको प्रयोग गरेको मुद्दालाई उठाएकी छिन् ।
एक हप्ताअघि मात्र संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदले श्रीलंकामा द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन र मानवअधिकार हननका मुद्दाहरुमा छानबिन गर्ने र दोषीहरु उपर कानुनी कारवाही गर्ने निर्णय गरेसँगै द्वन्द्वकालका मुद्दामा फस्ने खतरामा रहेका प्रचण्डको लागि यो अर्को खतरा हो । युद्धमा बालबालिकाको प्रयोग गरेको आरोप लागेका प्रचण्डको राजनैतिक करिअर यसले झनै संकटमा पार्न सक्छ ।
ल्याण्डग्रेनले एमिनेन्ट पर्सन्स ग्रुप नामक गैर सरकारी संस्थाको एक रिपोर्टको हवाला दिँदै संयुक्त राष्ट्रसंघको बालबालिका रक्षा मिसनमा गम्भीर त्रुटि भएको औंल्याएकी छिन् । संस्थाले २०१० देखि २०२० सम्म विश्वका विभिन्न देशहरुमा बालबालिकामाथि भएका अपराधका विषयमा संयुक्त राष्ट्रसंघले तयार पारेको वार्षिक रिपोर्टको स्वतन्त्र समीक्षा गरेको छ । रिपोर्टमा संस्थाले बालबालिकामाथि गम्भीर अपराधका दोषीहरुलाई पर्याप्त आधारबिना संयुक्त राष्ट्रसंघको सूचिबाट हटाइएको देखाएको छ ।
ल्याण्डग्रेनले राष्ट्रसंघको यो सूचीमा गम्भीर त्रुटि भएको पाइएपछि अब राष्ट्रसंघले आफ्नो बालबालिका रक्षा मिसनमा कडाइ गर्नुपर्ने औंल्याएकी छिन् । रिपोर्टमा बालबालिकाविरुद्ध गम्भीर अपराध गरेका संगठनहरुलाई उन्मुक्ति दिइएको पाइएपछि ल्याण्डग्रेनले ती संगठनहरुको पुनः समीक्षा गरिनुपर्ने औंल्याएकी छिन् । उनले यो सूचीमा बालबालिकाविरुद्ध अपराध गर्ने सबै समूहहरु समावेश हुने कुरा सुनिश्चित गरिनुपर्ने बताएकी छिन् ।
अब यदि संयुक्त राष्ट्रसंघले सूचिबाट हटाइएका समूहहरुको पुनः समीक्षा सुरु गरेमा प्रचण्ड नेतृत्वको विद्रोही माओवादीको पनि पुनः समीक्षा हुनेछ । माओवादीलाई बाल सैनिक रिहा गरेको र खुला राजनीतिमा आइसकेको आधारमा यो सूचीबाट हटाइसकिएको छ तर अब पुनः समीक्षा गरिएमा माओवादी पुनः यो सूचीमा समावेश हुन सक्छ र प्रचण्ड अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित हुन सक्छन् ।
युद्धकालमा माओवादीले करिब ४ हजार ५ सय बालबालिका सैनिकको रुपमा भर्ती गरेको ल्याण्डग्रेनले लेखेकी छिन् । माओवादीका अयोग्य लडाकूहरु सबै व्यवस्थापन भइसकेको भनिएको छ । तर, ठूलो संख्यामा पूर्व लडाकूहरु अझै असन्तुष्ट छन् । कैयौं अयोग्य लडाकूहरुलाई कुनै व्यवस्थापनबिना छाडिएको छ । उनीहरुलाई कुनै क्षतिपूर्ति दिइएको छेन । त्यसमाथि क्यान्टोनमेन्टमा राखिएका लडाकूहरुलाई सरकारले दिएको भत्ता पार्टी नेतृत्वले लिएको आरोप समेत छ ।
अब माओवादीको पुनः समीक्षा हुने अवस्थामा क्यान्टोनमेन्टको भ्रष्टाचार काण्ड पनि खुल्ने खतरा रहन्छ । बाल सैनिकलाई दिइएको पारिश्रमिक खोसिएको ठहर भएमा यसमा प्रचण्ड दोषी ठहरिने खतरा रहन्छ । देशको सरकार नै आफूविरुद्ध लागिपरेको यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट आउने यस्ता दबाबले प्रचण्डलाई झनै संकटमा पार्न सक्छ । प्रचण्डलाई ‘तह लगाउन’कै लागि ओली सरकार अन्तर्राष्ट्रिय दबाबको पक्षमा रहिदियो भने प्रचण्ड थप संकटमा पर्ने गम्भीर खतरा छ । डिसी नेपालमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
