FLASH NEWS
  • Loading...

समुदायले श्रोत जुटाउन नसकेपछि शिक्षकले ६ महिनादेखी तलव पाएनन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४२ पटक पढिएको
समुदायले श्रोत जुटाउन नसकेपछि शिक्षकले ६ महिनादेखी तलव पाएनन

यहाँको एक विद्यालयले श्रोत जुटाउन नसक्दा ६ महिनादेखी शिक्षकलाई तलव खुवाउन सकेको छैन ।
धवलागिरी गाउँपालिका, २ लुलाङ स्थित लम्सुङ माध्यामिक विद्यालयले समुदायबाट आर्थिक श्रोत जुटाउन नसकेपछि माध्यामिक तहमा निजी श्रोतबाट नियुक्त गणित र अँग्रेजी विषयका दुई शिक्षकले कात्तिकदेखी तलव पाउन सकेका छैनन ।
०५७ सालदेखी माध्यामिकतह संञ्चालन भएको विद्यालयमा लुलाङ, लम्सुङ र खोरिया गरी तीन वस्तीबाट विद्यार्थी अध्ययन गर्न आउँछन । विद्यालयमा ७० प्रतिशतबढी विक थरका दलित र बाँकी मगर जातिका विद्यार्थी अध्ययनरत छन ।
निजी श्रोतबाट शिक्षक पाल्न लम्सुङ वस्तीले ४० प्रतिशत, लुलाङले ३५ प्रतिशत र खोरियाले २५ प्रतिशत रकम जुटाउने सहमति भएपनि समुदाय विच मनमुटाव हुँदा श्रोत जुट्न छोडेपछि शिक्षकलाई तलव खुवाउन नसकिएको हो । लम्सुङ र खोरिया वस्तीमा रहेका र समुदायले संञ्चालन गरेका छुट्टाछुट्टै आधारभुत विद्यालयको कक्षा ५–८ (साविक निमावि तह)मा पनि निजी क्षिकलाई तवल खुवाउन चन्दा संकलन गर्दै आएका छन ।
‘विद्यालयको मुख्य तीन श्रोत वस्ती छन । यी वस्ती विच मनमुटाव भएपछि एउटा समुदायबाट चन्दा संकलन रोकियो । एउटाबाट सहयोग नउठेपछि अर्को समुदायले पनि रकम दिएन । शिक्षकलाई तवल दिने मुख्य श्रोत नै बन्दभएपछि शिक्षकलाई कात्तिकदेखी तवल खुवाउन सकेका छैनौं’ लम्सुङ माविका प्रध्यानअध्यापक मोहनराज पौडेलले भने, ‘हामीले समझदारी कायम गराउन नसकेपछि गाउँपालिकालाई गुहारेका छौं । वैकल्पिक श्रोतको पनि खोजीमा छौं ।’
माध्यामिक तहमा एक जना पनि दरवन्दीका शिक्षक नभएको लम्सुङ माविले निजी श्रोतबााट तलव खुवाउने गरी नियुक्त भएका मुख्य गणित र अँग्रेजी विषयका दुई शिक्षकलाई मासिक ७१ हजार तवल दिनु पर्छ । अर्को मुख्य विज्ञान विषयका शिक्षकको तवल भने गाउँपालिकाले ब्यवस्था गर्दै आएको छ ।
अन्य विषय भने तल्लो तहमा दरवन्दी भएका शिक्षकले मावि तहमा अध्यापन गराउने गर्छन । आर्थिक श्रोत नभएपछि तल्लो तहमा दरवन्दी भै मावि तहमा अध्यापन गराएपनि विद्यालयले ति शिक्षकलाई पनि थप पारिश्रमिक भने दिन सकेको छैन । विद्यालयमा १–१० कक्षामा दुई सय विद्यार्थी छन । साविक प्रावि तहमा ६ जना र निमावि तहमा २ जना शिक्षक दरवन्दी छ । मावि तहमा दरवन्दी छैन ।
‘प्रावि तहमा दरवन्दी भएका शिक्षकले नै कुनै थप सुविधा नलिई निमावि र मावि तहमा अध्यापन गराउँदै आएका छौं’ लम्सुङ माविका प्रावि तहकी शिक्षक विमला बुढाले भनिन, ‘दुर्गमको विद्यालय अन्य सन्दर्भ सामाग्री पनि पाईदैन, कनिकुथी माथिल्लो तह थेगेका छौं । स्थानीय भएकोले विद्यालय टिकाउन खुवै मेहिनत गरेका छौं ।’
लम्सुङ माविका निजी श्रोतका शिक्षकले समयमा तलव नपाउने परिस्थितीको नसो संघिय सरकार अन्र्तगतको सडक विभागसँग जोडिएको छ । सडक विभागल पारीका लम्सुङ र लुलाङवस्ती छुटाएर धवलागिरी गाउँपालिका केन्द्र मुनाबाट खोरियाहुँदै ढोरपाटन सडक खन्न सुरु गरेपछि लम्सुङ र लुलाङका केही ब्यक्तिले वातावरणीय प्रभाव मुल्याङ्कन (इआए) नगराई राष्ट्रिय वनमा सडक खनेको र वन विनास गराएको भन्दै वन विभागमा उजुरी गरे । उजुरी पछी सडक विभाग काम त्यागेर फर्कियो । आफ्नो वस्तीबाट निर्माण सुरु भएको सडक फर्काएको भन्दै खोरीयावासीले विद्यालयलाई सहयोग रोकेपछि समस्या सृजना भएको हो ।
‘निजी श्रोतबाट समुदायले चन्दा संकलन गरी संञ्चालन भैरहेको लम्सुङ मावि निरन्तरताको जोखिममा परेको छ । गाउँपालिका समस्याको जानकार छ र समस्या सुल्झाउन अथक प्रयास पनि गरिरहेका छौं । शिक्षक ब्यवस्थापन देखी बजेट राख्ने कुरामा गापा पोजेटिभ छ’ धवलागिरी गापा उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘अति दुर्गमको दलित बाहुल्य वस्तीबाट विद्यालय अर्को नजिको विद्यालयमा गाभ्न पनि सजिलो छैन । त्यसै त विद्यालय नजाने समुदायको विद्यालय टाढा लैजाँदा ड्रपआउट अधिक हुन्छ । विकल्पको खोजीमा जुटेका छौं ।’
लम्सुङ माविमा मात्र होईन, जिल्लाका गाउँगाउँमा विद्यालय खुलेका छन तर ति विद्यालयमा दरवन्दी छैन । बसाई सराईले बस्ती पाललिँदै जाँदा निजी श्रोतबाट संञ्चालित विद्यालय संकटग्रस्त अवस्थामा छन ।
दरवन्दी विहीन विद्यालय संञ्चालन गर्ने मख्य श्रोत वैदेसिक रोजगारीमा रहेका लाहुरे, आमा समुह र सामुदायीक वन हुन । विदेशबाट फर्केको लाहुरे होस वा गाउँ डुल्न आएको पर्यटक/पाहुनालाई आमा समुहले डम्फु र मादल बजाएर स्वागत सत्कारबाट संकलन गरेको ‘दान’ रकमबाट ति विद्यालयहरु चलेका छन । औंसीपूर्णिमामा माईतीले टिका लगाएर दिएको दक्षिणा संकलनगरी जम्मा गरेको कोषलाई समेत आमा समुहले विद्यालयमा नै खर्च गर्ने गरेका छन ।
‘सरकारी शिक्षा विद्यार्थीलाई नि:शुल्क, अभिभावकलाई महंगो भएको छ’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘म गापा अध्यक्ष हुन अघि एउटा माविको प्रअ र पछि ब्यस्थापन अध्यक्ष हुँदा निजी श्रोतमा शिक्षक पाल्न कति हम्मे पर्छ जानकार छु ।’
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाका ३० विद्यालयको माध्यामिक तह, १९ विद्यालयमा निम्नमाध्यामिक तह र ९ प्राथमिक तह दरवन्दी विहीन छन ।