FLASH NEWS
  • Loading...

अर्को वर्खा लागीसक्यो लागेन वासको टुङ्गो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४२७ पटक पढिएको
अर्को वर्खा लागीसक्यो लागेन वासको टुङ्गो

गत बर्खाको पहिरोले घर बगाएपछि विस्थापित भएका म्याग्दीका एक हजार ६८ घर परिवारको पुर्नवास अझै टुङ्गो लागेको छ ।
पहिरोबाट घरपूर्ण क्षति भै विस्थापित भएकाहरु अझै नजिका पाखामा छानोमा जस्तापाता चढाएका आ–आफ्ना छाप्रामा बस्छन । केही विस्थापितलाई भने वडा कार्यालयले बसाई सरेर सहर गएका आफन्त वा छिमेकीका खाली घरमा अस्थाई रुपमा राखेको छ ।
गत असार २५ गते राती आएको पहिरोले अति प्रभावित धवलागिरी गाउँपालिका, ६ मराङ मराङ गाउँमा मात्र २३ घरपरिवार पूर्णरुपमा घरवाहीन भै विस्थापित छन ।
‘फेरी वर्खा सुरु भयो । दिनै मध्यान्नपछि असिनापानी पर्न थालेको छ । न घर बनाउने आफ्नो सुरक्षित थलो छ, न सरकारले कतै ब्यवस्था गरेको छ’ धवलागिरी गापा, ७ मराङ राम्चेका नरेश लाम्गाडेले भने, । हिउँदका चिसा दिन त विते, बर्खाको झरीवादल यो छाप्रोमा कसरी विताउने पिरलो छ ।’

पहिरोबाट विस्थापित भएका पीडितलाई सुरक्षित स्थानमा एकिकृत वस्ती राख्न स्थानीय तहमा प्रयास पनि थालिएको छ । पहिरोबाट पीडितलाई पुर्नस्थापना गर्न धवलागिरी गापा, ७ मराङको वडा कार्यालयले पहिरोबाट घरपूर्ण क्षति भै घरवारहीन भएका सवै २३ परिवारलाई स्थानन्त्रण गर्न ५० लाख ५० हजार खर्चेर राम्चेमा १६ रोपनी ६ आना र अस्कारेमा १२ रोपनीगरी २८ रोपनी ६ आना जग्गा खरिद गरेको छ । मराङका पहिरोबाट घरपूर्ण क्षतिभै पाल र छापामा विस्थापित भएका पीडितहरुमध्य १६ परिवारलाई अस्कारेमा र ७ परिवारलाई राम्चेमा पुर्नवास गराउने योजना छ ।
‘पहिरोग्रस्त क्षेत्रमा पुन:वस्ती बसाउन उपयुक्त नभएपछि हामीले तुलनात्मक सुरक्षित रहेका दुई ठाउँमा जग्गा ब्यवस्थापन गरी प्लटिङ गर्ने र सडकले जोडेका छौं । खानेपानी र विधुत सुविधा पुर्‍याउन काम भैरहेको छ’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘एकिकृत वस्ती बसाउँदा जातिय क्लस्टर र पीडितहरुको रोजाई अनुसार खेतीपाती तथा पाईपलनलाई ख्याल पुर्‍याएका छौं ।’ वडाध्यक्ष सुवेदीले थपे, ‘पहिरो पुनर्वासकालागी एकिकृत वस्ती बसाउन स्वदेश तथा विदेशबाट पठाएको सहयोग रकम उपयोग भएको छ । गाउँपालिका/वडा कार्यालयले सडक, खानेपानी, विधुत, ढलको निर्माण थालेको छ ।’
मराङको राम्चेमा मात्र होईन जिल्लाको अन्नपूर्ण गाउँपालिका, ३ फगामका १७ परिवारको अवस्था पनि उस्तै छ । पहिरोले घरमात्र होईन पुरै वस्ती धजाधजापरी बगेपछि बास बनाउने सुुरक्षित थलोको खोजमा भौतारिएका छन । भुगर्भविदले पहिरोले छियाछिया परेको फगाम गाउँमा बस्ती बसाउनु उपयुक्त नहुने भन्दै अन्यत्र स्थानन्त्रण गर्न सुझाएको छ । तर पहिरोग्रस्त वस्ती वरपर एकिकृत वस्ती राख्ने सुरक्षित ठाउँ छैन । खेतिवाली लगाउने जग्गा यता भएकोले टाढा जान स्थानीयको मन मानेको छैन । विकल्प निक्लेको छैन ।
गत मनसुन जन्य विपदबाट म्याग्दीको धवलागिरी गापामा १९ जना, मालिकामा ८ जना, रघुगंगामा ३ जना र अन्नपूर्णमा १ जनागरी ३१ जनाको मृत्यु भएको थियो । धौलागिरीमा २, मालिकामा २ र अन्नपूर्णमा १ जनागरी ५ जना बेवत्ता छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल