- Loading...
नयाँ दृष्टी पाएपछिको खुशी
- पुनहिल डट कम
- ३ साल अघि
- ४३१ पटक पढिएको
|gof b[i6L kfPkl5sf] v'zL M DofUbL ;b/d'sfd a]gLdf cfof]lht lgMz'Ns df]ltof ljGb'sf] zNolqmof lzlj/df df]ltof ljGb'sf] hfnf]n] 9fs]kl5 cfvfsf] Hof]lt u'dfPsf lhNnfsf ! ;o !@ hgf gof b[i6L kfPsf 5g . a]gLsf nfoG; Snjx?, g]qHof]lt ;3 / /]8qm;sf] cfof]hgf tyf ;+of]hg / lxdfno cfvf c:ktfn kf]v/fsf] k|fljlws ;xof]udf lzlj/ rn]sf] xf] . t:jL/ M 3gZofd v8sf÷sflGtk'/
४२ बर्षेछोरीको बुई चढेर आईतवार सदरमुकाम स्थित बेनी अस्पतालमा आयोजित नि:शुल्क आँखा शिविरमा आएकी बेनी नगरपालिका, ३ की ७८ बर्षिया मनकुमारी पुनले १५ वर्षपछि नयाँ दृष्टी पाएकी छिन ।
डाक्टरले आईतवार मोतिया विन्दुको जालो हटाएपछि आँखालाई छोपेको ढकनी सोमबार दिउँसो खोलेपछि बृद्धा पुनले मुसुक्क हाँस्दै डाक्टर कृष्ण गुरुङ्गलाई नमस्कार गरिन अनी छेवैमा रहेकी छोरीलाई गल्र्याम्म अँगालो हाल्दै हर्षका आँशु बगाईन ।
‘बुढौली उमेरमा आँखाको जोति बसेपछि घरमै थला परेकी थिए । डाक्टरले आँखा खोल्दिए, खुशी लागेको छ’ बृद्धा मनकुमारीले भनिन, ‘अव अगेनामा आगो सल्काएर एक गाँस ढिडो ढुक्कले खान गुहार्नु परेन ।’
ओमप्रसाद दर्जी (७१)ले ८ बर्षपछि मंगलवार पुन: संसार देखे । मोतिया विन्दुको जालोले दुवै आँखाको नानीलाई छोपेपछि ८ बर्षदेखी अन्धकार संसारमा बाँचेका मालिका गाउँपालिका, ७ नौरुङका दर्जीको आँखाको शल्यक्रिया गरी मोतिया विन्दुको जालो फालिदिएपछि पुन: नयाँ दृष्टी पाएपछि अन्धकार जस्तो बनेको संसार पुन:देख्न पाएका हुन ।
‘डाक्टरले आँखामा लागेको जालो फालेपछि छ्याङ्ग देख्ने भएको छु । आँखा नदेख्ने भएपछि धेरै वर्षदेखी घर छोडेको थिईन, छोराले गाडीमा राखेर बेनी ल्याएको हो’ आँखाको अप्रेसनपछि नयाँ ज्याति पाएपछि अस्पताल बाहिर गेटमा निक्लेका मंगला गापा, १ कुहुँका ६५ बर्षिय नरबहादुर पुने भने, ‘बेनी बजारपनि अर्कै पो भएछ । घर जाने बाटो कस्तो भएहोला ?’
आँखामा मोतिया विन्दुको जालोले ढाकेपछि पाँच बर्षदेखी धुमिलो दृष्टी लिएर बाँचिरहेकी रघुगंगा गापा, २ भगवतीकी ५८ बर्षिया मनसुवा दर्जी, ७ बर्षअघि दृष्टी गुमाएपछि घरमै कुँजिएर कष्टकर जीवन बाँचेका धवलागिरी गापा, ६ मराङका नरबहादुर क्षेत्री (७९)ले पनि मोतिया विन्दुको अप्रेशनपछि नयाँ दृष्टी पाएका छन ।
पुन, दर्जी र क्षत्रीले मात्र होईन, शिविरबाट मोतिया विन्दु लागेर विभिन्न समयदेखी आँखाका ज्योति गुमाएका १ सय १२ जनाले नयाँ दृष्टी पाएका हुन ।
‘आँखाको ज्योति गुमाएपछि घरमै कुँजिएर कुना परेका, सरिर स्वस्थ्य भएपनि बुढौली उमेरमा आँखा नदेख्ने भै थलापरेका र अस्पताल पुगेर उपचार गर्न नसक्ने बृद्धीबृद्धाबाटे आर्शिवादले पाउँदा आनन्द लाग्छ’ मोतिया विन्दुको शल्यक्रियामा संलग्न डा.कृष्णा गुरुङ्गले भनिन, ‘यस्ता शिविर लिएर गाउँ गाउँ पुगेर सेवा गर्न पाउँदा विहानैदेखी रातीसम्म लगातार शल्यक्रियामा बस्दा र उकालो ओरालो यात्राको शारिरिक कष्टलाई विर्सन्छौं ।’
बेनीमा कृयाशिल लायन्स क्लवहरु, नेत्र ज्योति संघ म्याग्दीको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संञ्चालित निशुल्क मोतिया विन्दुको शल्यक्रिया शिविर चलाईएको हो । मोतिया विन्दुको शल्यक्रियामा डा.कृष्णा गुरुङ, डा. सुवास नेपाल समेत ८ जना स्वास्थ्यकर्मीको टोली संलग्न थियो । सोमबार मोतिया विन्दुको शल्यक्रिया गराएका विरामीको पट्टी मंगलवार खोखिएपछि उनीहरुले लामो समयपछि संसार देखेका थिए ।
बेनीमा मोतिया विन्दुको शल्यक्रिया गर्नु अघि जिल्लाका ६ वटा स्थानिय तहका विभिन्न १२ वटा वस्तीमा आँखा परिक्षण शिविर संञ्चालन गरी फेला परेका मोतिया विन्दु लागेका विरामीलाई मात्र बेनीको शल्यक्रिया शिविरमा ल्याइएको थियो ।
‘आर्थिक अभावकै कारण सहरका अस्पताल पुगेर आँखाको उपचार गराउन नसक्दा दृष्टी गुमाएर गाउँघरमै कष्टकर र थलापरी कुनापरी वस्न बाध्य भएका गरिव तथा विपन्न वर्गका जेष्ठ नागरिकले नयाँ दृष्टी पाएका छन’ आयोजकमध्य एक लायन्स क्लव अफ बेनी पिससिटीका लोकेश पुनले भने, ‘म्याग्दीमा मोतिया विन्दुको समस्याबाट आँखाको ज्योति गुमाएका धेरै विरामी छन । आवाजको भरमा मान्छे चिन्नु पर्ने बाध्यतामा रहेका नागरिकलाई पुन:दृष्टी दिने अभियान अझै जरुरी छ ।’