- Loading...
बढ्याे वायु प्रदूषण, म्याग्दीकाे वायु अस्वस्थ्य
- पुनहिल डट कम
- ४ साल अघि
- २४८ पटक पढिएको

मौसम धुम्मिएसँगै बेनीकाे वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ ।
आईक्यू एअरका अनुसार बेनीकाे वायुमण्डलमा शनिवार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ११० पुगेको छ । सामान्यतया ०-१९ सम्मलाइ राम्राे र २०-४९ सम्मलाइ ठिक ५०-९९ लाइ नराम्राे १००-१४९ सम्मलाइ अस्वस्थ्य १५०-२४९ सम्मलाइ धेरै अस्वस्थ्य र २५० एक्यूआईलाइ मानव स्वास्थ्यकालागी खतरा मानिन्छ ।
पछिल्ला केही िदनदेखी देशभरकाे वायुमण्डल प्रदुषित भएकाे छ । स्वास्थ्य मन्त्रालयले काठमाण्डाैमा अतिअावश्यक काम बाहेक बाहिर ननिक्लन र सवारी नचलाउन अाग्रह नै गरेकाे छ । अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।
डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।
वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।
२.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’
शहरमा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । म्याग्दी समेत ग्रामिणा क्षेत्रमा भने सडकको धूलो र डढेलाेबाट निक्लने धुँवा वायु प्रदूषणका स्रोत हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
