FLASH NEWS
  • Loading...

‘बेनीको बजार…’ का सर्जक श्रेष्ठ रहेनन्

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४४ पटक पढिएको
‘बेनीको बजार…’ का सर्जक श्रेष्ठ रहेनन्

‘बेनीको बजार, जता माया उतै छ नजर…’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लोकगीतमार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गरेका श्रेष्ठको बिहीबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतकाअनुसार श्रेष्ठले मृगौलाको डायलाइसीस गर्दै आएका थिए । श्रेष्ठले वि.स. २०३१ मा रेडियो नेपालमा श्रष्ठकी श्रीमती मन छन्त्यालसँगै गाएको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’बोलको गित रेकर्ड गराएका थिए । यो गितले बेनी बजारलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पहिचान गराउन महत्वपूर्ण योगदान गरेको छ ।

वि.स. २०११ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक बेनीको बजार बोलको गीत गुञ्जिएको थियो । टीकाबहादुर र मनको जोडीले गाएको यो गीतले तत्कालीन १४ वटै अञ्चलबाट प्रतियोगितामा सहभागी हुन आएका कलाकारको प्रस्तुतीलाई उछिनेर उत्कृष्ट भएको थियो। श्रेष्ठले म्याग्दीमा शिक्षण पनि गरेका थिए । तत्कालिन धौलागिरी अञ्चलका अञ्चलाधिशको सिफारिसमा उनीहरु गीत प्रस्तुत गर्न काठमाडौ पुगेका थिए ।

श्रेष्ठले सिर्जना गरेको बेनीको बजार…बोलको गित आम नेपाली मात्र नभएर विदेशबाट घुम्न आएका पर्यटकहरुले पनि गुनगुनाउछन्। सरल शब्द, सुरिलो स्वर र मिठासपूर्ण प्रस्तुतिले बेनीको बजार..गीत धेरैले सम्झने गर्छन् ।