FLASH NEWS
  • Loading...

मदिरा पिएपछि फरर अंग्रेजी बोल्नुको कारण यस्तो !

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३३ पटक पढिएको
मदिरा पिएपछि फरर अंग्रेजी बोल्नुको कारण यस्तो !

अल्कोहलको नशा यस्तो हुन्छ कि, यो पिएपछि ठूला-ठूला सेलिब्रेटी पनि सडकमा आएर अनौठो हर्कत गर्दछन् । अब सामान्य मानिसको त कुरै छोडौँ ।

देख्न सकिन्छ कि, नशाको तालमा मानिस यति धेरै डुब्छ कि, कहिलेकाँहि बीच सडकमै आएर उत्पात मच्चाउँछन् । यस बेला आम अंग्रेजी भाषा नजानेका मानिसहरु पनि अंग्रेजी शब्दको प्रस्फुटन यति धेरै गर्दछन् कि, हामीले सोच्नै सक्दैनौँ । तर के तपाईलाई थाहा छ, नशाको यो अवस्थामा मानिस किन यस्तो गर्दछ ? यसमा एउटा वैज्ञानिक कारण लुकेको छ ।

नशामा बढ्छ कन्फिडेन्स

जर्नल अफ साइकोफार्माकोलोजीमा छापिएको एक रिसर्चका अनुसार अल्कोहल लिएको केहि समयमै भित्रि कन्फिडेन्स बढ्छ । र यो बेला ती मानिस कन्फिडेन्स भएर अंग्रेजी बोल्न थाल्दछन् । तर उनीहरु नर्मल समयमा यसरी बोल्न सक्दैनन् ।

पर्सनालिटीमा हुन्छ परिवर्तन

गरिएको रिसर्चमा अल्कोहल पिएपछि मानिसको स्मरण शक्ति र एकाग्रतामा असर पर्दछ । यस बेला केहि मानिसको पर्सनालिटी पूरै परिवर्तन हुन्छ र उनीहरुको आत्मविश्वास धेरै बढ्छ । यस्तो भएपछि उनीहरु ती चिजमा फोकस गर्न थाल्छन्, जसलाई होशमा गर्न हिच्किचाउँछन् । अर्को भाषा बोल्नुबाहेक मानिसहरु यो बेलामा होशमा हुँदा गर्न नसक्ने काम गर्दछन् ।

जस्तै डान्स र गीत गाउन । उनीहरु अल्कोहल पिएर आत्मविश्वासी हुँदै धेरै रमाउँछन् । यस्ता मानिसहरु रमाइलो जीवन बिताउन मन पराउँछन् ।