- Loading...
हेल्मेट कस्तो प्रयोग गर्ने ?
- पुनहिल डट कम
- ४ साल अघि
- ३५८ पटक पढिएको

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ । नेपाली बजारमा विभिन्न आकार, प्रकारका हेल्मेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेल्मेटको छनोट गर्छन् ।
हेल्मेट प्रयोगकोे प्राथमिक उद्देश्य सुरक्षा नै हो । तर, हाल युवावर्गले हेल्मेटमा क्यामरा जडान गरेर यसलाई राइडिङ ताजको रूपमा झैं पनि प्रयोग गर्न थालेका छन् । मोटरसाइकलबाटै लामो टुरको चलन बढेकाले हेल्मेटमा एक्सन क्यामरा जडान गरेर राइडिङ गर्ने क्रम बढ्दो छ । यसरी, सुरक्षाका लागि मात्र नभई फेसनेबल देखिन पनि आकर्षक राइडिङ हेल्मेटको क्रेज बढ्दो छ ।
यद्यपी स्टाइलिस देखिने सबै हेल्मेट राम्रा हुँदैनन् । कसरी चिन्ने त राम्रो हेल्मेट ? बजारमा उपलब्ध हेल्मेट सर्टिफाइड हो कि होइन ? मापदण्ड अपनाएर उत्पादन भएको हो कि होइन ? र, आधिकारिक कम्पनीको हो कि होइन ? यी सबै पक्षलाई मध्यनजर गर्दै हेल्मेट छनोट र खरीद गर्नुपर्ने हेल्मेट्स नेपालका मार्केटिङ म्यानेजर श्रीकेश शाक्य बताउँछन् ।
हेल्मेट छान्दा केमा ध्यान दिने ?
हेल्मेट छान्दा यसको सेल, भाइजर, प्याडिङ, पट्टा र क्लिप यी सबैको राम्रो ज्ञान हुनु जरुरी छ ।
सेल
हेल्मेटको बाहिरी भागमा हुने कडा भागलाई सेल भनिन्छ । सेल बनाउन प्रयोग हुने सामग्रीलाई तीन भागमा विभाजन गरेर बुझ्न सकिन्छ । ती हुन्, पोलिकाब्रोनेट, फाइबर ग्लास र कार्बन फाइबर ।
पोलिकाब्रोनेट भन्नाले सामान्य प्लास्टिक भनेर बुझ्न सकिन्छ । सबैभन्दा सस्तो हेल्मेटमा प्रयोग गरिने सामग्री पोलिकाब्रोनेट हो । त्यस्तै फाईबर ग्लासलाई मिड रेन्जका हेल्मेटहरूमा प्रयोग गरिएको हुन्छ । फाइबर ग्लास भने पोलिकाब्रोनेट भन्दा केही गुणस्तरीय, महंगो र हलुका हुन्छ ।
कार्बन फाइबर भने महंगा हेल्मेटहरूमा प्रयोग गरिने उच्च गुणस्तरीय सामग्री हो । कार्बन फाइबर सबैभन्दा बलियो, टिकाउ, एकदमै हलुका र महंगो हुन्छ । कार्बन फाइबरले बनेको सबैभन्दा सस्तो हेल्मेट नै ३० हजार रुपैयाँभन्दा माथि पर्छ ।
भाइजर
हेल्मेटमा प्रयोग भएको सिसा भाइजर हो । यसले घाम, धुलो जस्ता प्रभावबाट राइडरलाई सुरक्ष दिन्छ । हाल बजारमा उपलब्त्र हेल्मेटहरूमा भाइजर पनि दुई किसिममा जडान भएको पाइन्छ । ती हुन्, एक्स्टर्नल र इन्टर्नल भाइजर ।
एक्स्टर्नल भाइजर हेल्मेटको बाहिरी भागमा जडान भएको हुन्छ । इन्टर्नल भाइजर भने हेल्मेटको भित्री भागमा जडान भएको हुन्छ । एक्स्टर्नल भाइजर ठूलो हुन्छ भने इन्टर्नल भाइजर सानो चस्मा आकारको हुन्छ ।
हेल्मेटको भाइजरहरूमा पनि हाल एन्टि फग लेन्स भनेर आउने गर्छ । यस किसिमको भाइजरमा स्प्रेको प्रयोग गरिएको हुन्छ, जुन करिब ६ महिना जति मात्र टिक्छ । यद्यपी पिन लक प्रणाली भएको भाइजरमा भने एउटा छुट्टै लेयर नै हुन्छ । सो भागमा फग वा बाफ बस्दैन । यो भने करीब १ वर्षसम्म चल्छ ।
प्याडिङ
हेल्मेटको भित्रि भागमा राखिएको नरम भाग प्याडिङ हो । यो भाग गुणस्तरीय फोमले बनेको हुन्छ । सस्तो हेल्मेटमा सो भाग केही कडा हुन्छ भने मिड रेन्ज र हाइ रेन्जमा नरम र गुणस्तरीय हुन्छ । प्याडिङले हेल्मेटलाई आरामदायी बनाउँछ । साथै प्याडिङले दुर्घटना भएमा ठक्करको प्रभाव आफूमा लिई टाउकोलाई विशेष सुरक्षा दिन्छ । कडा र कम गुणस्तरको हेल्मेट भने दुर्घटनाको समयमा टाउकोमा घुम्ने र फुस्कने हुन सक्छ ।
पट्टा र क्लीप
हेल्मेटमा प्रयोग हुने पट्टा र क्लीप नै हेल्मेटको सबैभन्दा महत्वपूर्ण बस्तु हो । दुर्घटनाको समयमा पट्टा र क्लीपले हेल्मेटलाई राइडरको टाउकोबाट फुस्कन नदिने हुँदा राम्रो गुणस्तरको पट्टा र क्लीपलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ ।
बजारमा हेल्मेटमा प्रयोग हुुने पट्टा र क्लीपमा पनि र्याचेट पट्टा सर्वाधिक प्रयोग हुने मध्येको एक हो । सस्ता र केही मिड रेन्ज हेल्मेटहरूमा र्याचेट पट्टाको प्रयोग हुन्छ । यद्यपि डबल डि रिंग पट्टा भएको हेल्मेट मिड रेन्ज र हाइ रेन्जको हेल्मेटहरूमा प्रयोग हुन्छ । र्याचेट पट्टाभन्दा पनि डि रिंग पट्टा भएको हेल्मेटलाई सुरक्षाको हिसाबले उत्कृष्ट मानिन्छ ।
कस्तो हेल्मेट किन्ने ?
हेल्मेट प्रयोगकर्ताले हेल्मेटको बारेमा भरपुर अध्ययन गरेर मात्र खरिद गर्नुपर्छ । हेल्मेट खरिद पश्चातको पार्ट्सहरूको उपलब्धताको बारेमा पनि जानकार भएर मात्र खरिद गर्दा राम्रो ।
सर्टिफाइड
हेल्मेटमा हेल्मेटको गुणस्तरीयता, स्थायित्व र सत्यताको लागि प्रमाण पनि राखिएको हुन्छ । खरिदपूर्व नै हेल्मेट राम्रो हो या होइन भनेर छुट्याउन सकिन्छ । त्यसको लागि हेल्मेटको पछिल्लो भागमा प्रिन्ट गरिएको सुरक्षा सर्टिफिकेसनको लोगो हेर्नुपर्छ । जस्तै, भारतको ‘इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट’ अर्थात् ‘आइएसआई’ सर्टिफिकेसन, युरोपियन युनियनको ‘इकोनोमिक कमिसन फर युरोप’ मापदण्ड अपनाइएको अर्थात् ‘इसीई’ सर्टिफिकेसन । त्यस्तै, युएसको ‘डिपार्टमेन्ट अफ ट्रान्सपोर्ट’ मापदण्ड अपनाइएको अर्थात् ‘डिओटी’ सर्टिफिकेसन र ‘स्नेल मेमोरियल फाउन्डेसन’को मापदण्ड अपनाइएको ‘स्नेल’ सर्टिफिकेसन । यी सबै सर्टिफिकेसन विभिन्न परीक्षणपश्चात मात्र तोकिएका हुन्छन् ।
पिनलक प्रणालीमा पनि ग्रेडअनुसार एन्टि फग क्षमता फरक पर्न जान्छ । हाल बजारमा ३०, ४०, ७० र १२० ग्रेडका पिनलक प्रणाली उपलब्ध छन् । कत्तिको कम तापक्रममा प्रयोग गर्ने हो सोही अनुसारको ग्रेडका पिन लक प्रणाली छनोट गर्नुपर्छ । जस्तै ७० ग्रेडको पिनलक प्रणाली छनोट गर्ने हो भने सो प्रणालीमा माइनस १ डिग्री सेल्सियस तापक्रम सम्मको बाफ रोक्ने क्षमता हुन्छ । यसर्थ पिनलक प्रणाली भएको हेल्मेट नै छनोट गर्नुपर्छ ।
यदि खरिद गरिएको हेल्मेटमा पिनलक प्रणाली छैन भने बजारमा युनिभर्सल पिनलक पनि उपलब्ध छन् । यो पिनलकलाई स्टिकरजस्तै गरी भाइजरको भित्री भागमा टाँसेर बाफ रोक्न सकिन्छ । पिनलकको पनि ८ महिना देखि १ वर्ष सम्मको मात्र आयु हुन्छ । यद्यपी एन्टी फग स्प्रेभन्दा टिकाउ र प्रभावकारी भने पक्कै हुन्छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
