- Loading...
लागुऔषध डाईजापाम, फेनोगान र नुर्फिन सहित भरिया पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- २४२ पटक पढिएको

सुनौली नाका हुँदै सदरमुकाम बेनी भित्राईएको डाईजापाम, फेनोरागन र नुर्फिन लागुऔषध सहित एक सेवनकर्ता/भरियालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले डेरामा लुकाई राखेको ९९ एम्पुल डाईजापाम इन्जेक्सन, फेनोगान इन्जेक्सन ९९ एम्पुल र नुर्फिन ९९ एम्पुलसहित रघुगंगा गाउँपालिका, ६ कोटगाउँ घर भै बेनी नगरपालिका, ७ मंगलाघाट डेरागरी वस्ने २१ बर्षिय साजन शेरपुञ्जा पुनलाई पक्राउ गरेको हो । प्रहरीले शेरपुञ्जाको डेराबाट लागुऔषधसँग टोसिवा ल्यापटप पनि बरामद गरेको छ ।
प्रहरीले लागुऔषध सेवनकर्ता समेत रहेका भरिया शुरपुञ्जालाई सोमबार साँझ डेराबाट पक्राउ गरी मंगलवार जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी अनुसान्धान सुरु गरेको जनाएको छ ।
‘सानो सहरमा बरामद लागुऔषधको परिणाम ठूलो हो । भैरहवा रुटबाट लागुऔषध ल्याउने गरेको तथ्य खुलेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम राईले भने, ‘पक्राउ परेका युवा लागुऔषध भरिया हुन । लागुऔषध कारोवारीले बेनीलाई ट्रान्जिटपोईन्ट बनाई कारोवार गर्ने गरेको देखिन्छ ।’
प्रहरीको अभिलेख अनुसार यस अघि ०७३ बैशाख, ०७४ फागुन, ०७५ पुस, ०७६ असार १ गते डाईजापाम, फेनेरागन, नुर्फिन तथा सिरिन्ज करिव उत्तिकै मात्रामा बरामद सहित भरिया/सेवनकर्ता पक्राउ गरेको थियो ।
सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । जिल्लामा लागुऔषध सेवनकर्ता बढ्दै गएका छन । सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ । केही दिन अघि पनि प्रहरीले २४ केजीबढी प्रशोधित गाँजा बरामद सहित कारोवारी पक्राउ गरेको थियो ।
आफु विरामी भएको बाहानामा बाबुआमालाई लागुपदार्थको रुपमा प्रयोग हुने औषधीको किन्न पसलमा पठाउने र खरिद गर्ने गरेको समेत भेटिएको प्रहरीले जनाएको छ । निरक्षर बाजेबजै वा बाबुआमा अज्ञानताबस छोराछोरीको हातमा घरमै लागुपदार्थ पुग्ने गरेको प्रहरीले दावी गरेको छ ।
प्रहरीका अनुसार स्कुले उमेरका किसोरकिसोरीले लागुपदार्थको रुपमा प्रयोग गर्ने औषधी किन्न बृद्धी तथा अनपढ आमाबाबुलाई प्रयोग गर्ने गरेका छन । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्याएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
