- Loading...
तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली
- पुनहिल डट कम
- ३ साल अघि
- २०२ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल देशमा लकडाउन नहुने बताएका छन्। गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो।
प्रधानमन्त्री ओलीलेले कोरोना संक्रमण बढे पनि तत्काल लकडाउनको सम्भावना नरहेको बताएका हुन्। “तत्काल लकडाउन हुँदैन,” उनले भने।
भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि विज्ञप्ति जारी गर्दै ठूला सभा-सम्मेलन नगर्न आग्रह गरेको थियो।
घुम्दैफिर्दै रुम्जाटार भनेझैं आज पुनः हामी त्यही अवस्थामा आएका छौं। भारतमा कोरोना संक्रमित दैनिक करिव ५० हजारको दरले बढिरहेको छन्। नेपाल र भारतको सीमा खुल्ला छन्। नेपाल भारतको सीमाको करिव १८ सय किलोमिटर खुल्ला भएका कारण भारतबाट सिधै नेपाल आउन र जान सकिन्छ।
११ गतेदेखि लागू भएको लकडाउनको १ वर्ष पुग्नै लाग्दा नेपालमा पुनः लकडाउन हुने हल्ला बजारमा आएको छ। भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु निष्फिक्री गाउँमा घुमेकाले पनि कोरोनाको ग्राफ पुनः उकालो लाग्ने चिन्ता विज्ञहरुले गरेका छन्।
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे एक वर्ष पहिलाको गल्ती दोहोरिन नदिन सुझाव दिन्छन्। कोरोनाको चेन ब्रेक गर्न नसक्दा नेपालले ठूलो क्षति बेहोर्नु परेको उनको भनाइ छ। उनले अझै पनि सरकारले पुराना गल्तीहरुलाई आत्मसाथ नगरेमा महामारीको अर्कोरुप आउन सक्ने तर्फ संकेत गरे।
भारतबाट नेपाल आउनेहरु संक्रमित भएर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुनः कोरोना फैलिन सक्ने भन्दै सबैलाई स्वास्थ्यको न्यूनतम मापदण्डको प्रयोग गर्न अनुरोध गरिउको बताएका छन्।
डा. गौतमले भने, ‘हामीले त्यो अवस्था पुनः नदोहोरियोस भन्नका लागि सूचना नै जारी गरेका छौं। सूचित गर्ने काम हाम्रो हो समाजमा रहेका हरेक एक व्यक्तिको काम हो त्यसलाई लागू गर्ने र कोरोनाको महामारीबाट बच्ने।’
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी देशभर, सभा, जुलुस ¥याली, जमघट, गोष्ठि, सेमिनार तथा बैठक र भिडभाड हुने कार्य नगर्न/नगराउन अनुरोध समेत गरिसकेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
