FLASH NEWS
  • Loading...

रोकियो कोरानाविरुद्धको खोप अभियान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३४ पटक पढिएको
रोकियो कोरानाविरुद्धको खोप अभियान

माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान खोप अभावका कारण रोकिएको छ।

अहिलेसम्म नेपालमा १६ लाख ५ हजार ७०६ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। जसमा पहिलो चरणमा चार लाख ४९ हजार ८८० जनाले खोप लगाएका थिए भने बाँकीले दोस्रो चरणमा खोप लगाएका थिए। नेपालसँग उपलब्ध भएको खोप सकिएसँगै खोप अभियान पनि रोकिएको हो।

विश्वमा नै खोपको अभावका कारण अभियान हाललाई स्थगित गरिएको र वैशाख ७ देखि ११ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।