- Loading...
बेनी-जोमसोम सडक चैत्र १४-१७ बन्द हुने
- पुनहिल डट कम
- ३ साल अघि
- ११८ पटक पढिएको
बेनी/जोमसोम ७६ किमी सडक ४ दिन बन्द हुने भएको छ ।
कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्न चैत्र १४ गते देखि १७ गतेसम्म आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभ्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ ।
कालिगण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम ७६ किमी सडक ४ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ । करिडोर अन्र्तगत प्याकेज नं. २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा गजुरमुखी जेभीले रककटिङको काम अघि बढाएको थियो ।त्यहा करिव १६ सय मिटर सडकको रक कटिङ गर्नुपर्ने जनाईएको छ ।
यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुदै आइरहेको छ ।