FLASH NEWS
  • Loading...

अन्नपूर्ण हिमालमा पहिलो पटक महिलाले आरोहण गर्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४५ पटक पढिएको
अन्नपूर्ण हिमालमा पहिलो पटक महिलाले आरोहण गर्दै

फोटो क्याम्पस : अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठ र उनका आरोहण गाईड पेम्बा शेर्पा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पोखरेवगरबाट विदाई हुँनेक्रममा।

हालसम्म महिलाको पाईला नपरेको र किलर माउण्टेनकाे रुपमा पनि चिनिने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले उत्तरी मोहोडाबाट आरोहण गर्ने भएकी छिन ।

आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको अन्नपूर्ण प्रथम हिमालको हालसम्म कुनै पनि महिलाले आरोहण गरेका छैनन । पूर्णिमा श्रेष्ठ अन्नपूर्ण हिमालमा महिलाका पाईला पुऱ्याई रेकर्ड तोड्ने दाउमा छिन । पत्रकार समेत रहेकी महिला अाराेही  पूर्णिमा श्रेष्ठ, उनका आरोहण गाईड पेम्बा शेर्पा र अन्य १५ जना विदेशी समेत १७ जनाको पर्वतारोही टोली अन्नपूर्ण गाउँपालिकाले फुलमालाले स्वागत तथा विदाई गरेको छ ।
‘संसारको जेठो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा आजसम्म महिलाका पाईला पुगेका छैनन । म यस हिमालका प्रथम आरोहीले हिंडेको पदमार्ग पछ्याउँदै चुचुरोमा पुग्न चाहन्छु’ अन्नपूर्ण हिमाल फेदीको अन्तिम वस्ती नारच्याङमा भेटिएकी महिला आरोही पूर्णिमा श्रेष्ठले भनिन, ‘अन्नपूर्ण कठिन र किलर माउण्टेनको रुपमा बदनाम छ । अन्नपूर्ण हिमाल आरोहणमा ३८ प्रतिशत डेथरेट छ, म त्यो चुनौती सामाना गर्न आतुर छु ।’
श्रेष्ठले अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ब्यानर समेत टाँग्ने कार्यक्रम छ । श्रेष्ठले यस अघि सन २०१७ मा गृहजिल्ला गोर्खामा पर्ने मनास्लु, ०१८ मा सगरमाथा र ०१९ मा आमादब्लम हिमालको सफल आरोहण गरीसकेकी छिन ।
अन्नपूर्ण प्रथम हिमालको आरोहणमा निक्लेकी आरोही पूर्णिमाको अभियानलाई अन्नपूर्ण गाउँपालिकाबाट ४ लाख, गापा अध्यक्ष डमबहादुर पुनबाट दुई लाख २५ हजार आर्थिक सहयोग गरेको छ । कोरोना माहौलपछि अन्नपूर्ण हिमाल आरोहणमा आउन थालेका छन । लगत्तै अर्की महिला पर्वतारोही मायाँ शेर्पा समेतको टोली पनि अन्नपूर्ण प्रथम हिमाल आरोहणमा आउँदै छ ।


सन् १९५० जुन ३ मा संसारमा पहिलो पटक ८ हजार मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका फान्सेली प्रर्वतारोही मौरिस हार्गोजले प्रयोग गरेको पदमार्ग पछ्याउँदै जाने भएको छ । अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाल पुग्ने पदमार्गको गाउँपालिकाले पहिचान, निर्माण, नक्साङ्कन तथा प्रर्वद्धन गरेको हो । अन्नपूर्ण गाउँपालिकाले प्रर्वद्धन गरेको यस पदमार्ग अन्नपूर्ण हिमालको पहिलो आरोहीको सम्मानमा ‘मौरिस हर्गाज अन्नपूर्ण नर्थ पदमार्ग’ नामाकरण गरिएको छ ।
मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
‘संसारका ८ हजार मिटर अग्ला हिमालमध्य पहिलो पटक चढिएको हिमाल, उनी पहिलो आरोही हिंडेको वाटो पत्ता लगाएर गाउँपालिकाले प्रर्वद्धन गरेको बाटो भएर अन्नपूर्ण हिमाल आरोहणमा अर्को व्रेक हिंडेकी नेपाली चेलीको अभियानलाई गाउँपालिकाले पनि थोरै आँटभर थपेको छ’ अन्नपूर्ण आरोहण्मा हिंडेकी श्रेष्ठ समेत पर्वतारोहीको टोलीलाई विदाई गर्दै अन्नपूर्ण गाउँपालका अध्यक्ष डमबहादुर गर्वुजाले भने, ‘पछिल्लो एक बर्ष यताको अन्नपूर्ण हिंडेको यो पहिलो टोली हो । अव विस्तारै अन्य टोली पनि स्वागत गर्न इच्छुक छौं ।’
अध्यक्ष गर्वुजाले थपे, ‘हाम्रो अगुवाईमा पर्वतारोहीको नाममा नामाकरण भएपनि पदमार्ग बनाउन पर्यटन मन्त्रालय, एक्याप, ट्रेकिङ एजेन्सी, स्थानीय समुदाय र गाउँपालिका सवैको आर्थिक, भौतिक सहयोग छ । आगामी तीन वर्षमा यो रुटलाई टिहाउस ट्रेकको रुपमा विकास गर्ने लक्ष्य छ ।’
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
पैदल यात्रा गर्ने हो भने, नारच्याङवेंशीबाट पहिलो दिन लेकगाउँहुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा संञ्चालनमा ल्याईएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्ग र अन्नपूर्ण नर्थ वेस क्याम्प पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण तथा ब्यवस्थापन सुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटककालागी ‘भर्जिन गन्तब्य’ पनि हुन ।’