- Loading...
पार्टीका सांसदहरू जाँच्न एमाले संसदीय दलको बैठक
- पुनहिल डट कम
- ३ साल अघि
- ३११ पटक पढिएको

प्रतिनिधिसभा बैठकको अघिल्लो दिन आज बस्न लागेको नेकपा एमालेको संसदीय दलको बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ।
बैठक पार्टीभित्रकै सांसदहरू कता छन् भन्ने ‘जाँच’ गर्न बस्न लागेको हो।
पार्टीका सांसदहरूले संसदीय दलको अनुशासन र विधानलाई नमान्ने स्थितिको समीक्षा बैठकमा भए ह्वीप लगाउनेबारे निर्णय गर्न सक्ने पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले बताए।
‘संसद् बैठकमा संसदीय दलका सदस्यहरूको उपस्थिति के कस्तो हुने भन्ने जाँच्न बैठक बस्न लागेको हो”, सांसद तामाङले देखापढीसँग भने, “संसदीय प्रणालीमा दलको बैठक, दलको अनुशासन, विधान र कानुनलाई उल्लङ्घन सदस्यहरूले गर्न मिल्दैन र त्यसबारे के गर्ने भन्ने विषयमा छलफल हुने हो।”
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी नहुने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध यो पक्ष संघर्षमा छ।
गत फागुन २८ गते ओली पक्षको केन्द्रीय समिति बैठकले गरेका सबै निर्णयहरू रद्द गर्नुपर्ने माग यो पक्षको छ। तर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली निर्णयहरू रद्द गर्ने पक्षमा छैनन्। बरु उल्टै यसअघि चारपटक पार्टीको साधारण सदस्यताबाट समेत आफूलाई कारबाही गरेको भन्दै ‘नेपाल – खनाल’ ले आत्मलोचना गर्नुपर्ने बताउँदै आएका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
