FLASH NEWS
  • Loading...

माया शेर्पासहितको टोली अन्नपूर्ण हिमाल चढ्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३२३ पटक पढिएको
माया शेर्पासहितको टोली अन्नपूर्ण हिमाल चढ्दै

नेपाल माउन्ट एसोशिएनकी द्वितीय उपाध्यक्ष माया शेर्पासहित चार जनाको टोली अन्नपूर्ण हिमाल चढ्ने भएको छ। लायन्स क्लब अफ नेपाल शेभ हिमालयका चार सदस्यहरुले यस वर्षको स्प्रिङ सिजनमा अन्नपूर्ण हिमाल (८०९१ मिटर)आरोहण गर्ने भएका हुन्।

अन्नपूर्ण विश्वको १०औं अग्लो हिमाल हो। आरोहण गर्ने सदस्यमा क्लबकी उपाध्यक्ष माया शेर्पा, सदस्य ल्हाक्पा देण्डी शेर्पा, सदस्य दाबुटी शेर्पा र सदस्य गेसमान तामाङ रहेका छन्। आरोही माया शेर्पा विश्वका अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा लागेकी छन्।

उनले यस अघि नै सगरमाथा, कंचनजंगा र केटुलगायतका हिमालहरु आरोहण गरिसकेकी छन्। माया शेर्पाले पिक प्रोमोशन, ल्हाक्पा देण्डी शेर्पा र गेसमान तामाङले शेभेन समित र दाबुटी शेर्पाले ईमेजिङ नेपालबाट अन्नपूर्ण हिमालको आरोहण गर्ने छन्।