- Loading...
एसइई परिक्षाको तयारी गर्दै वैकल्पिक विद्यालयका गृहणीहरु
- पुनहिल डट कम
- ३ साल अघि
- ३१२ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनी स्थित वैकल्पिक विधालयमा अध्ययनरत अामाहरुलाइ अासन्न एसइइ परिक्षााकाे पिरलाेले सताएकाे छ । राष्टिय परिक्षाा वाेर्डले जेठ १३ गतेबाट एसइइ परिक्षााकाे रुटिन प्रकाशित गरेपछि अामाहरुलाइ परिक्षााकाे चटाराे सुरु भएकाे हाे ।
लालकुमारी सापकोटा (५६), भुनु तिलिजा (५७), भुलकुमारी रोका (५०) मात्र होईन २३ बर्षका बयस्क गृहणीदेखी ७० बर्षका हजुरआमा उमेरका १० जना महिला एसईई परिक्षामा जुटेका हुन ।
विद्यालय पुगेरमा औपचारिक शिक्षा नपाएका वा विचमै कक्षा छोड्न बाध्य भएका गृहणीलाई शिक्षाको मुलधारमा ल्याउन सदरमुकाम बेनीमा सामुदायीक सकृयतामा खुलेको उज्यालो वैकल्पिक विद्यालयबाट पहिलो ब्याचका गृहणीहरु एसईइ परिक्षामा सहभागी हुन लागेका हुन ।
‘पाको उमेरमा पढ्न थालेका छौं, अन्य विद्यार्थीको जस्तो पढाई टिप्न नसकिने रहेछ । कोरोनाले गर्दा अस्ती पुसबाट मात्र कक्षा सुरु भयो, जेठ १३ गतेबाट त एसईइ परिक्षा हुन्छ रे’ भुलकुमारी रोका मगरले भनिन्, ‘विहान बेलुका चुहेचौका सम्हालेर फुर्सदको समयमा परिक्षा तयारी गर्दा धपेरी परेको छ । गणित, अंग्रेजी र विज्ञानको त कोचिङ कक्षा पनि पढ्छौं ।’
विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म मात्र संञ्चालन हुने विद्यालयमा एसईइ परिक्षाको तयारीमा रहेका गृहणीहरुले विहान १०–११ बजेसम्म गणित, दिउँसो ३–४ बजेसम्म अँग्रेजी र ४ देखी ५ बजेसम्म विज्ञान विषयको अतिरिक्त कक्षा लिन्छन । आमाहरुले जसरी पनि एसईई परिक्षामा सामेल हुने दृढता देखाएपछि विद्यालयले पनि अतिरिक्त कक्षाको ब्यवस्था गरेको छ । नियमित कक्षाको मात्र होईन अतिरिक्त कक्षा पढेको शुल्क लाग्दैन । विद्यालयले आफ्नै श्रोतबाट शिक्षकलाई अतिरिक्त पारिश्रमिक दिने गरेको छ ।
‘स्कुल पढ्ने कत्रो धोकोले बुढौली उमेरमा घर विहान वेलेका छोराछोरी तथा नातीनातिनालाई खानाखाजा र स्याहार गरी दिउँसो स्कुल आएका हौं । एसईई पास गरौंला भन्ने हिक्मत छ’ उज्यालो वैकल्पिक विद्यालय कक्षा १० की छात्रा ५७ बर्षिया लालकुमारी सापकोटाले भनिन्, ‘बर्षभरी पढ्न पाएको भए पक्का पास गर्थे हुँला, यो कारोना भाईरसले अलि झउ गऱ्यो । तै विश्वास मरेको छैन, परिक्षामा सहभागी त हुन्छु ।’
हाल विद्यालयमा कक्षा १, ३, ५, ७, ८, ९ र १० तह (कक्षा) संञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ४४ जना गृहणीहरु अध्ययनरत छन । पुरुषलाई पनी पढ्ने मिल्ने भएपनि विद्यालयमा महिला गृहणीहरु मात्र अध्ययन गर्न आउने गरेका छन ।
‘लकडाउ भएसँगै विद्यालय पनि बन्द हाम्रा विद्यार्थी (गृहणीहरु) गाउँ फर्के वा बेनीबाट बसाई सराई गरी गए । गत कात्तिकबाट विद्यालय खोल्यौं । विद्यालय खोलपछि एक जना विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि लामो समय विद्यार्थी स्कुल नै आएनन । पुसबाट थोरै मात्र विद्यार्थी सम्पर्कमा आए’ विद्यालयकी प्रिन्सीपल रीता गर्वुजाले भनिन, ‘शैक्षिक सत्र नै ढिला सुरु भयो । लामो समयसम्म कोरोना संक्रमणको त्रासले मनविज्ञान कमजोर भएको र लामो समयसम्म पढ्ने/लेख्ने वानी छुटेपछि पाको उमेर (हजुरआमा)का विद्यार्थीलाई कोर्स कभर गर्न हम्मे परेको छ । विद्यालयले पनि मुख्य विषयको अतिरिक्त कक्षा ब्यवस्था गरेका छौं ।’
वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह उत्तिर्ण गरे कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्न सक्छन । अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरेको छ । तर कक्षा ८, ९ र १० कालागी अनौपचारिक तर्फको पाढ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढाउने गरिएको छ ।
साविक शिक्षा कार्यालयको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत बयस्क नागरिकलाई शिक्षाको मुलधारमा ल्याउन शैक्षिक सत्र ०७३ देखी बेनीमा उज्यालो वैकल्पिक विद्यालय खुलेको हो । वैकल्पिक विद्यालयलाई अनौपचारिक पौढ विद्यालय पनि भन्ने गरिएको छ ।
‘सरकारको निरन्तर शिक्षा अन्र्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हुन्छन’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘१५–६० बर्ष उमेर समुहका सवैलाई साक्षर बनाउन निरन्तर शिक्षा अन्र्तगत गृहणी कक्षा र वैकल्पिक विद्यालय खुलेका भएपनि अहिले ति विद्यालयहरु स्थानीय तहले नै ब्यवस्थापन गर्ने गरेका छन ।’
सदरमुकामको बेनी सामुदायिक माध्यामिक विद्यालय अन्र्तगत स्थापित उज्यालो बैकल्पिक विद्यालय संञ्चालन गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले साविक महिला विकास कार्यालय रहेको भवनको ६ कोठा उपलब्ध गराएको छ । कोठा नपुगेपछि विद्यालयले कार्यालय पनि भऱ्याङमुनी राखेको छ ।
‘आमा दिदीबहिनीहरुको बारम्बार पढ्ने आफ्नो नाम चिन्ने, लेख्ने धोको रहेको भन्नु हुन्थ्यो त्यसैले जन्म्यो उज्यालो बैकल्पिक विद्यालय । साविक शिक्षा कार्यालयसँग पाठ्यक्रम र केही अनुदान र बाँकी रकम चन्दा संकलन गरी घर भाडा लिएर स्कुल संञ्चालन भएको हो । अहिले बेनी बेनी नगरपालिकाले केही रकम अनुदान दिन्छ बाँकी रकम दाताको चन्दाबाट चलेको छ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले भने, ‘उज्याले विद्यालय संञ्चालनको ठूलो रकम सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका छोराछोरीले विदेशबाट पठाएको चन्दा हो । माथिल्लो तहमा अनौपचारिक शिक्षा तर्फको पाठ्यक्रम पनि पाएनौं तर आमा, हजुर आमा उमेरका विद्यार्थीले पढ्ने धोको राख्नु भएपछि थप ब्ययभार बहनगरी पढाएका छौं । कहिले काहीं खल्तीबाट झिकेर शिक्षकलाई तलव दिन्छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
