FLASH NEWS
  • Loading...

‘मिनी रंगशाला’ निर्माण अलपत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६७ पटक पढिएको
‘मिनी रंगशाला’ निर्माण अलपत्र

अघिल्लाे वर्ष जिल्ला समन्वय समितिकाे सभा हल उद्घाटन गर्दै घाेषणा गरेकाे बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको ‘मिनी रंगशाला’ एक बर्षदेखी अलपत्र भएको छ ।
बेनी खुल्ला मञ्चको स्वरुप फेर्दै धमाधम बेनी मिनी रंगशाला बनाउने काम बजेट अभावले रोकिएको छ । चालु आवमा भने संघ, प्रदेशर स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनयिोजन नभएपछि बेनी रंगशाला निर्माण अलपत्र परेको हो ।
९ करोडबढी लागत अनुमान गरिएको बेनी मिनी रंगशाला बनाउन संघिय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनी नगरपालिका, ७ वडा कार्यालयको ९ लाख र संघिय साँसद विकास कोषबाट ५० लाख बजेट खर्च भएको थियो ।
नदी बगरमा अवस्थित बेनी खुल्ला मञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होईन, राजैतिक सभा/समारोह, साँस्कृतिक कार्यक्रम, ब्यापारिक मेला/महोत्सवहरु आयोजना गरिने एक मात्र पनि स्थल हो ।
‘गत वर्ष लकडाउन सुरु भएदेखी नै मिनी रङ्गशाला बनाउने काम रोकिएको छ । चालु बर्षमा त झन संघ, प्रदेशर स्थानीय नगरपालिकाबाट बजेट नै आएन’ रङ्गशाला निर्माण समितिका अध्यक्ष एवं साविकको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘बेनी नगरपालिकाबाट बजेट रकमान्तर गरेरै भएपनि १५–२० लाखसम्मको बजेट ल्याएर कामलाई निरन्तरता दिने प्रयास भैरहेको छ ।’
कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलको बगरमा ३८/८० मिटर आकारमा त्रिकोणात्मक रुपमा अब्यवस्थित मैदानलाई विस्तार गरी ४५/९६ मिटर क्षेत्रफलको खेलमैदान बनाउन काम सुरु भएको थियो । फुटवलमा ४५/९० मिटर चौडाई/लम्बाई न्यूनतम र अधिकतम ६०/१२० मिटर चौडाई/लम्बाई भएमात्र फुटवलको अफिसिय खेल मैदान मानिन्छ ।
मैदान विस्तारसँगै मैदानसँग जोडेर तल नदी किनारामा तटवन्ध उठाई ७ हजारबढी दर्शक अट्ने ९०–९० मिटर लामा प्याराफिट राख्ने योजना छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले बेनी मिनी रङ्गशाखा बनाउन प्रयाप्त बजेट विनियोजन गर्ने आश्वासन दिएपनि बजेट विनियोजन नभएको स्थानीयले बताए ।
भौगोलिक आकार नमिलेको छड्के र पूर्ण साईजको मैदान नहुँदा यहाँका ठूला र महंगा खेल प्रतियोगिता ९ए साईड नियममा खेलाउने गरिन्थ्यो । फुटवलमा ११–११ जनाको टिम हुनु पर्नेमा खेलमैदानको साईज नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेका छन ।
‘जिल्लामै हरियो दुवो भएको ११ ए साईड आकारको खैलमैदानमा र दर्शक प्याराफिटमा बसेर आनन्दले खेल हेर्ने दिन अवश्य आउँछ, संघिय युवा तथा खेलकुद मन्त्रालयमा प्रयाप्त बजेटको पहल भैरहेको छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘कोरोना कहरले यो वर्ष बजेट नआएको हो । अर्को वर्ष यस्तो रिक्तो बन्ने छैन ।’
बेनी रंगशाला निर्माणको थालनी आव ०७५/०७६ मा बेनी नगरपालिकाको ६०/४० प्रतिशतको बजेट मोडेलमा ९७ लाख ५८ हजार खर्च गरी रंगशालाको डिपिआर तयार पार्ने र म्याग्दी खोलापट्टी प्याराफिट राख्न ११ मिटर अग्लो फाउण्डेसन राख्न थालिएको हो ।
म्याग्दी–काली गण्डकी नदी बगरमा खेलकुद मैदान सुधार गर्ने काम भने ०५१ सालदेखी तत्कालिन साँसद निलबहादुर तिलिजाले साँसद विकास कोषबाट १ लाख विनियोजन गरी थालेका हुन । त्यसपछि ०७१ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख ५० हजार र श्रमदान १ लाख ५० हजार खर्च गरी नदी बगरलाई ९/ए साईड फुटवल खेलमैदानको स्वरुपमा ल्याईएको हो ।
बेनी रंगमञ्च नर्मिाण गर्न पूर्वपट्टी कालीगण्डकी किनारामा रहेको मुस्लिम समुदायको चिहान (कब्रस्तान)लाई भएको ठाउँबाट करिव १० मिटर पछाडी सार्ने र सो ठाउँमा बलियो फाउण्डेसन सहित प्याराफिट निर्माण गर्ने योजना छ । रंगशालाको डिपिआरमा उक्त स्थानमा स्टेज, र भिआईपी प्याराफिट बनाउने उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल